केही परियोजनाहरु

हाम्रो मिशन भनेको अरुहरुलाई मानसिक र आत्मिक दुवै तरिकाले सहयोग गर्नु हो ।  हाम्रो ध्यान इन्टरनेटको माध्यमद्वारा साथै स्थानीय शिक्षा, मेडिकल र सरोकार परियोजनाहरुमा सहायता गरी विश्वभरिका मानिसहरुलाई सहायता पुर्‍याउनु हो । यस पृष्ठमा तपाईंले हाम्रा केही नयाँ योजनाहरु देख्‍न सक्नुहुनेछ ।

इन्टरनेट परियोजना  Internet Project Alwujud.com

हाम्रो इन्टरनेत परियोजना  AlWujud.com द्वारा मानिसहरुलाई जीवनमा आफ्नो फोकस पत्ता लगाउन सहायता गर्न चाहन्छौं । र, त्यहाँ प्रवेश गर्ने महानुभावहरुलाई आत्मिक रुपमा बढ्न सहायता गर्नेछौं । हाम्रो टोलीले यो वेबसाइट विस्तार गर्न धेरै मेहनत गरिरहेको छ र हाम्रो लक्ष्य भनेको १० देखि २० भाषाहरुमा वेबसाइट उपलब्ध गराउनु हो । हामी अनुवाद र वेबसाइट निर्माणको निम्ति सहयोगी दाताहरु खोजिरहेका छौं  । परियोजना कोड ALWUJUD हो ।

blank

स्थानीय परियोजनाहरु

हामी विश्वभरिका धेरैवटा स्थानीय परियोजनाहरूलाई सहयोग गर्दछौं  । यी परियोजनाहरुका विविध पद्दतिहरु छन् तर यी सबै परियोजनाहरु मानिसहरुलाई उत्तम जीवन जिउन सहयाता पुर्‍याउनमा केन्द्रित छन् ।

लगभग सबै परियोजनाहरु साना आकारका र स्थानीय साझेदारहरुद्वारा समन्वय गरिएका हुन्छन् । हामी कहिले पनि परियोजनाको एकमात्र सहयोगी दाता बन्‍न चाहदैनौं । परिणाम स्वरुप, परियोजना एक जना दातामा मात्रै निर्भर नहोस् । यसको अलवा, परियोजनाका वृहत सुपरिवेक्षणहरु विविध कोणहरुबाट होस् भन्‍ने पनि यसको आशय हो  ।

हामीले सा-साना परियोजनाहरुलाई मात्रै सहयोग गर्ने भएकाले, लागत  पनि सानै हुन्छ । हाम्रो कार्यालयमा अवैतनिक स्वयमसेवकहरु हुन्छन् र कार्यालय खर्च (हाम्रो बजेटको ५% भन्दा कम) को कटौतीपछि सम्पूर्ण बजेट परियोजनाहरुको सहयोगको निम्ति प्रयोग गरिन्छ ।

हामीले सहयोग गरिरहेका विविध परियोजनाहरुको सारांश तल छ ।

बालगृह र कार्य परियोजना नाइरोबी

नाइरोबीमा हामी युरोपियन स्वयमसेवक टोलीलाई सहायता गर्दछौं । त्यस टोलीले विपन्‍न वर्गका युवाहरुलाई शिक्षा र व्यावहारिक तालीम दिन्छ । साथै, घरविहीन युवाहरुलाई सुन्दर भविष्य निर्माण गर्न सहायता गर्दछ । परियोजना कोड NA01

भारत, इन्डोरमा कुष्ठ रोग परियोजना

कुष्ठ रोग अझै पनि भारत जस्ता देशहरुमा व्यापक मात्रामा हुने गर्दछ । कुष्ठ रोग कोलोनीहरुमा सीमित भएर बस्‍नु परेका कुष्ठ रोगीहरु अनिश्चित भविष्य कुरिरहेका हुन्छन् । त्यस्ता रोगीहरुको हेरचाह गर्न हामीले विभिन्‍न स्थानीय संस्थाहरुलाई सहयोग गर्दछौं । स्थानीय संस्थाहरुका स्वयमसेवकहरुले कुष्ठ रोगीहरुलाई चिकित्सा र मानसिक सहायता प्रआर्थिक सहयोगगर्दछन् । परियोजना कोड IN08

आत्महत्या रोकथाम परामर्श,चेन्‍नाइ, भारत

चेन्‍नाइ (भरत) मा आत्महत्या सोच भएका व्यक्तिहरुलाई प्राथमिक उपचार उपलब्ध गराउने संस्थाहरुका काममा सहयोग गर्दछौं । विशेष टेलीफोन नम्बरद्वारा तुरुन्त सहयोग चाहिने व्यक्तिहरुलाई दिनको २४सै घण्टा सहयोग उपलब्ध हुन सक्छ । यसरी धेरै व्यक्तिहरुलाई आत्महत्या गर्नदेखि बचाइसकिएको छ ।

प्राय परिस्थिति आशाविहीन देखिने हुने हुनाले राम्रो सम्वादले भविष्यको आशा हराएकका मानिसहरुलाई आशा प्रआर्थिक सहयोगगर्न सक्छ  । परियोजना कोड IN10

शैक्षिक परियोजनाहरु

हामीले एशिया, अफ्रिका र अमेरिका विभिन्‍न देशहरुमा छोटो शैक्षिक परियोजनाहरुलाई सहायता गरिरहेका छौं  । यी एक वर्षे वा बहुवर्षे तालिम कोर्सहरुमा बिधार्थीहरुलाई तालिम दिइन्छ र उनीहरुले उत्तम भविष्यमा प्रवेश गर्न महत्त्वपूर्ण ज्ञान र अनुभव सिक्दछन् । स्थानीय बासिन्दाहरुसित ज्ञान र अनुभव बाँड्नु पनि यी कोर्सहरुको महत्त्वपूर्ण पाटो हो । म्यानमार परियोजना कोड MM01  र पाकिस्तान परियोजना कोड PA03

बालगृहहरु

हामी एशिया र अफ्रिका र अन्य महादेशका बालगृहहरुलाई सहायता गर्दछौं । धेरै दैशहरुमा धेरै बालबालिकाहरु सडकमा बस्दछन् । कतिपटक त आमाबुबाहरु आफ्ना छोराछोरीको हेरचाह गर्न नसक्ने गरीवहरु हुन्छन् । वा आमाबाबु जँड्याह वा दुर्व्यसनी हुन्छन् । प्रायःजसो, उनीहरु आफ्नो पीडा भुल्न लागू पदार्थ प्रयोग गर्दछन् ।छोराछोरीहरु चाहिँ त्यस परिस्थितिका शिकार बन्छन् र उनीहरु सडकमा पुग्छन् । त्यसपछि बालबालिकाहरु सडकमा  लागू औषध र मदिरामा फँस्छन् ।  राम्रो कुरो, विभिन्‍न शहरहरुमा त्यस्ता बालबालिकाको हेरचाह गर्ने स्वयमसेवकहरु हुन्छन् र उनीहरुले ती बालबालिकालाई सुन्दर भविष्य प्रआर्थिक सहयोगगर्ने कोसिस गर्दछन् । शिक्षा, खाना र हेरचाहद्वारा त्यस्ता बालबालिकाले आफ्नो जीवन बदल्ने मौका प्राप्त गर्दछन् । नेपाल परियोजना कोड NE07,  बालगृह इथोपिया कोड ET02 ,  बोलिभिया परियोजना कोड BO01

दिवा सरोकार केन्द्र चेन्‍नाइ, भारत

चेन्‍नाइ, भारतमा हामी  सडक किशोर-किशोरी तथा बालबालिकाहरुको निम्ति दिवा सरोकार केन्द्रलाई सहायता गर्दछौं । दिवा सरोकारको समयमा उनीहरुले तालिम, खाना र  सरसफाई, मूल्य-मान्यता जस्ता व्यावहारिक विषयहरुमा शिक्षा प्राप्त गर्दछन् । परियोजना कोड Project code IN12

विपद् उद्दार आकस्मिक सेवा प्याकेज

प्रायः हजारौं मानिसहरुले आफ्नो घर छोड्नु परेको र सबै थोक गुमाउन पुगेका छन्। खाना, कम्बलजस्ता चीजहरु लगायत आकस्मिक सेवा प्याकेजबाट त्यस्ता मानिसहरुलाई प्राथमिक आकस्मिक सेवा प्रआर्थिक सहयोगगर्न सकिन्छ । परियोजना कोड Project code IC01

विधार्थी तालिम नेदरल्यान्ड्स

नेदरल्यान्ड्का विभिन्‍न विश्वविधालयहरुमा,विधार्थीहरुलाई आ-आफ्नो विषय अध्ययन गर्न मात्रै आमन्त्रण गरिँदैन, तर उनीहरुलाई आत्मिक विषयहरुमा पनि ज्ञान विकास गर्न आमन्त्रण गरिन्छ । विधार्थीहरु र कोचहरु बीचका संयुक्त भेलाहरुमा ज्ञान बाँड्ने कार्य हुन्छ भने जीवन दृष्टिकोणहरु आदन-प्रआर्थिक सहयोगगरिन्छन् । परियोजना कोड NL05

शरणार्थी सहयोग

शरणार्थीहरुको निम्ति सहयोग र प्राथमिक उपचार । युद्दका परिस्थितिहरु वा अन्य आपतकालीन अवस्थाले आफ्नो देशबाट भाग्‍नु परेका शरणार्थीहरुको सहयोगको निम्ति सहयोगी हात बढाउँछौं । सहयोग अन्तर्गत खाना वितरण, चिकित्सा सहयोग, चा आघात प्रक्रियाको सहयोग पर्दछ । परियोजना कोड REF01

अन्य परियोजनाहरु

हामी विभिन्‍न अन्य परियोजनाहरु र सबै महादेशका मानिसहरुलाई सहयोग गर्दछौं । हाम्रा सम्पर्क व्यक्तिहरुका गोपनीयता र सुरक्षाले गर्दा हामी हाम्रा वेबसाइटहरुमा कुनै नाम तथा ठेगानाहरु उल्लेख गर्दैनौं । यदि परियोजना बारे धेरै जान्‍न चाहनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहोस् ।

के तपाई पनि सहयोग गर्न चाहनुहुन्छ?

माथि उल्लेखित कुनै परियोजना वा अन्य परियोजनामा सहभागी भइदिनु भएमा उत्तम हुनेथियो । तपाईं परियोजनालाई सहयोग गर्न चाहनुहुन्छ भने, हाम्रो डोनेशन पृष्ठमा हेर्नुहोला वा इमेलद्वारा हामीलाई सम्पर्क गर्नुहोस्: donate@alwujud.com

.

कुष्ठरोगीहरुको निम्ति सहायता
शिक्षा परियोजना म्यानमार
बाढी राहत भारत