एउटै परमेश्वर, विभिन्‍न नामहरु ?

के हामी सबैले एउटै परमेश्वर पुज्दछौं र ?

धेरै मानिसहरुले हामी सबैले एउटै परमेश्वरलाई पुज्दछौं भनी विश्वास गर्दछन् । मुहम्मदले आदम, अब्राहाम, मोशा र येशूलाई पठाउनुहुने उही परमेश्वरको बारेमा चर्चा गरिरहेको छु भनी बारबार बताएका थिए । के मुस्लिमहरु,क्रिश्चियनहरु, हिन्दुहरु र बौद्दिस्टहरु साथै अन्य धार्मिक मानिसहरुले उही एउटै परमेश्वरलाई फरक-फरक तरिकाले पुज्दछन् त ?

हामी हाम्रा सृष्टिकर्तालाई देख्‍न सक्तैनौं । यधपि, के हामी उहाँ  उहाँका गुणहरुको बारेमा अझै थाहा पाउन सक्तैनौं र ? विभिन्‍न किसिमका हजारौं धर्महरु आफूले सृष्टिकर्ताको सही रुप  प्राप्त गरेका छौ भनी विश्वस्त छन् । त्यसैले, उहाँको वास्तविक स्वरुप के हो त भनेर हामीले  कसरी पत्ता लगाउनु सक्छौं ? कि, सबै धर्महरुले सत्यताको  हिस्सा झल्काउँछन् त ?

दृष्टिविहीन मानिसहरु र हात्ती

केही दृष्टिविहीन व्यक्तिहरुको एउटा चर्चित कथा छ । ती मानिसहरु हात्तीको छेउमा उभिरहेका हुन्छन्, र पहिलो व्यक्तिले हात्तीको खुट्टा छामेर मोटो खस्रो रुखजस्तै रहेछ भनी बताउँदछ ।  दोस्रो दृष्टिविहीन  सूँडको छेउमा  उभिरहेको  हुन्छ र लामो धारिलो सर्पजस्तै रहेछ भनेर वर्णन  गर्दछ । तेस्रो व्यक्तिले पुछार समात्छ र मुलायम फुर्का भएको डोरीको टुक्राजस्तै रहेछ भनेर वर्णन गर्दछ ।

ती सबैले एउटै हात्तीको वर्णन गर्दछन् । के हाम्रो सृष्टिकर्ताको हकमा पनि यस्तै हुन्‍न र ? के हरेक धर्मले सृष्टिकर्ताका केही न केही विशेषताहरु वर्णन गर्दछ त ? 

राम्रो उदाहरणको गम्भीर कुरो । दुःखलाग्दो कुरा, हामी यो कुरालाई  धर्महरु बीचका भिन्‍नताहरुमा  लागू गर्न सक्तैनौं । कतिपय धर्महरुले एक सृष्टिकर्ता, एक ईश्वर मान्दछन् । अन्य धर्महरुले चाहिँ देवताहरु धेरै छन् वा हामी नै देव हौं भनी विश्वास गर्दछन् । सृष्टिकर्ताका विशेषताहरु वा देवहरुको बारेमा पनि अनेक थरिका दृष्टिकोणहरु छन् ।  ती दृष्टिकोणहरु यति फरक र विरोधाभासपूर्ण छन् जसलाई “एउटा हात्ती” को उदाहरणमा एकै ठाउँमा अटाउन सकिँदैन।

blank

सृष्टिकर्ता आफैलाई पनि विभिन्न स्वरुपहरुमा  प्रस्तुत हुनु विचित्र लाग्थ्यो । साथै, सृष्टिकर्तालाई एकापासमा विरोधाभास हुने विभिन्‍न तरिकाले आफैलाई प्रस्तुत गर्नु पनि असम्भव हुनेथियो ।

बाइबल र कुरानको परमेश्वर

बाइबल र कुरानको परमेश्वर एकै हो भन्‍ने प्रायः धारणा पाइन्छ । मुहम्मदले आदम, अब्राहाम, मोशा र येशूलाई पठाउनुहुने उही परमेश्वरको बारेमा घोषणा गरेको हुँ भनी बारबार बताएका थिए । तापनि,  इस्लाम र बाइबलमा प्रस्तुत गरिएको परमेश्वरको स्वरुप बीच ठूलो भिन्‍नता छ। कुरानले येशू (ईशा) लाई अगमवक्ताको रुपमा वर्णन गर्दछ भने बाइबलले येशूलाई परमेश्वरको पुत्रको रुपमा वर्णन गर्दछ ।

हाम्रा सृष्टिकर्ता बारे सत्य पत्ता लगाउनुहोस्

 यदि धर्महरु बीच यति धेरै भिन्‍नताहरु र विरोधाभासहरु छन् भने तपाईं कसरी सत्य पत्ता लगाउन सक्‍नुहुन्छ ?

जब तपाईं हाम्रो सृष्टिकर्ताको बारेमा इमान्दारीपूर्वक सत्य खोज्‍नुहुन्छ, उहाँले तपाईंलाई सत्य प्रकट गर्नुहुनेछ । तपाईं तपाईंलाई यो खोज आफैं गर्न चुनौती दिन चाहन्छु ।  यस वेबसाइटको मुख्य कथा भनेको तपाईंको खोजको यात्रामा तपाईंलाई सहायता गर्नु हो । मलाई आशा छ, तपाईं आफ्नो गन्तव्यमा पुग्‍नुहुनेछ !

.