तपाईको इमान्दारिताको लागि धन्यवाद ।

तपाईंले आफ्नो सृष्टिकर्ता र आफ्नो जीवन बारे सोच्‍नु भएकोमा धन्यवाद । मलाई लाग्छ, वेबसाइटमा दिइएको जानकारीले परमेश्वर बारे जान्‍न तपाईंलाई धेरै सहायता पुगेको छ ।

जवाफहरु खोज्‍न नरोकिनुहोस् । तपाईंले आफ्नो जीवन, आफ्ना लक्ष्यहरु र आफ्नो भविष्य बारे सोच्‍न नछोड्नुहोस् । यसो गर्नु उपयोगी हुन्छ भन्‍ने कुरामा मलाई शङ्का छैन  ।

म तपाईंलाई तपाईंका आफ्ना शङ्काहरु परमेश्वर तथा प्रभु येशूलाई बताउन अनि सत्यता प्रकट गरिदिन उहाँलाई बिन्ती गर्न उत्साह दिन चाहन्छु । दिनहुँ यसो गर्नुहोस् । यसको  निम्ति केही मिनेटभन्दा बढी लाग्दैन  । यसो गर्दा यस्तो पो हुन सक्ने रहेछ भनी तपाईं छक्क पर्नुहुनेछ ।

परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा तपाईंले थाहा पाउनु हुनेछ । तपाईंले उहाँको कृपाको उपहार ग्रहण गरोस् भनेर परमेश्वरले तपाईंलाई पर्खिरहनुभएको छ ।

बाइबलमा सत्यको सन्देश रहेछ कि रहेनछ भनी पत्ता लगाउन बाइबल पढ्नुहोस् । उदाहरणको निम्ति, www.bible.com मा आफ्नै भाषामा बाइबल पढ्न सक्नुहुन्छ ।

तपाईंलाई सधैं यस वेबसाइटमा स्वागत छ । लिङ्कहरु र जानकारीमुलक पृष्ठमा तपाईंले पृष्‍ठभूमि जानकारी र  अन्य वेबसाइटका लिङ्कहरु पाउनुहुनेछ । ती लिङ्कहरु मार्फत तपाईं तपाईंका प्रश्‍नहरुको उत्तर दिन सक्ने अरु क्रिश्चियहरुसित सम्पर्कमा आउन सक्‍नुहुनेछ  ।

तपाईं च्याट मार्फत पनि हाम्रा अनलाइन टोलीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ (यदि तपाईंको देशमा च्याट उपलब्ध रहेछ भने तल बटन देखा पर्छ ।)

तपाईंलाई सुन्दर जीवन र परमेश्वरसितको सुन्दर भविष्यको  कामना गर्दछु !

तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ। किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? मत्ती १६:२४-२६

किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।” यूहन्ना ६:४०

जसले पुत्रमाथि विश्‍वास गर्छ, त्‍यससित अनन्‍त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्‍यसले जीवन देख्‍नेछैन, तर परमेश्‍वरको क्रोध त्‍यसमाथि रहिरहन्‍छ।” यूहन्ना ३:३६

यदि मैले तपाईंको प्रार्थना गरेको चाहनुहुन्छ भने, यस पृष्ठमार्फत आफ्ना प्रार्थनाका विषयहरु पठाउनुहोस् (प्रार्थनाक विषयहरु अज्ञात रुपमा पठाउन सकिन्छ।)

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका
बाइबल कसले लेखेको हो ?
स्वतन्त्र इच्छा कि भाग्य ?
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?
एउटै परमेश्वर, विभिन्‍न नामहरु ?