कुष्ठरोगीहरुको निम्ति सहायता

हामी भारतका विभिन्‍न शहरहरुमा भएका कुष्ठरोग सरोकार परियोजनाहरुलाई सहयोग गर्दछौं । भारतमा हाम्रा स्थानीय साझेदारहरूले हेरचाह गरिरहेका कुष्ठरोगबाट पीडित व्यक्तिहरू मध्ये एक जनाको  बारेमा हामी छोटो कथा प्रस्तुत गर्न चाहन्छौं;

blank

६५ वर्षीया तगडीबी नामकी एक महिला करिब ३० वर्षदेखि कुष्ठरोगबाट पीडित थिइन् । जब उनलाई कुष्ठरोग लागेको थाहा भयो,  उनलाई उनको परिवारले अस्वीकार गरे र घरबाट निकालिदिए।

घरविहीन व्यक्तिको रूपमा, तगडिबीले सडकमा भीख माग्‍न करिब आठ वर्ष बिताइन्। हालसालै हाम्रो टोलीलाई केही साथीहरूले उनको अवस्थाबारे जानकारी दिएका थिए।

त्यतिबेला तगडिबीको अवस्था निकै नाजुक थियो । उनीसँग परिचय गराउने साथीहरूले तपाईंहरुले उनको हेरचाह गर्न सक्‍नुहुन्छ कि भनी सोधे नत्र उनी धेरै बाँच्दिनन् होला भनी बताए । त्यसैले हामीले उनलाई उनको हेरचाह गरिने हाम्रो कुष्ठरोग गृहमा लिएर आयौं ।  यस ठाउँमा, उनले खाना, आश्रय र दैनिक चिकित्सा सेवा पाउँदछिन् ।

मायालु वास्ता गृह

यस कुष्ठरोग गृहलाई “मायालु वास्ता गृह” भनिन्छ । यो यस्तो ठाउँ हो जहाँ तगडीबी जस्ता कुष्ठरोगबाट पीडित वृद्धहरूलाई चिकित्सा र भावनात्मक रूपमा हेरचाह गरिन्छ। भारतमा कुष्ठरोगबाट पीडित वृद्धवृद्धाहरूलाई अक्सर आफ्नै परिवारबाट निकालिन्छ र कुष्ठरोगले परिवारका अन्य सदस्यहरूलाई पनि असर गर्ने डरले सडकमा छाडिन्छ ।

blank

के तपाईं  यस परियोजनालाई सहायता गर्न चाहनुहुन्छ ? अधिक जानकारीको निम्ति हाम्रो  दान पृष्ठमा जानुहोस् ।

blank

चेन्नई, भारतमा रहेको हाम्रो टोलीबाट: मेरी कुष्ठ रोगी हुन्, कुष्ठरोगको अल्सरले गर्दा, उनको खुट्टा र औंलाहरू गुमाइन् । उनी वास्तवमै कठिन समयबाट गुज्रिरहेकी थिइन्। उनी कसैको सहयोगमा भर पर्नुपर्ने भएकोले उनी आफै केही गर्न सक्दिनन् । मेरीकी छोरीहरू भए पनि उनीहरूले आमाको हेरचाह गरिरहेका थिएनन् । त्यसैले हामीले मेरीको हेरचाह गर्न एक व्यक्तिको व्यवस्था गरेका छौं। हामीले उनलाई खाद्यान्न र औषधिको साथ सहयोग गरेका हुनालेउनी धेरै खुसी छिन्।

.

कुष्ठरोगीहरुको निम्ति सहायता
शिक्षा परियोजना म्यानमार
बाढी राहत भारत