के बाइबल अझै पनि विश्वसनीय छ ?

बाइबल विश्वमा सबैभन्दा बढी पढिने पुस्तक हो र  यसलाई २,५०० भन्दा भाषाहरुमा अनुवाद गरिएको छ ।  बाइबल १,००० वर्षभन्दा बढी समयावधिमा लेखिएको थियो । अन्तिम पुस्तकहरुचाहिँ लगभग २,००० वर्ष अघि लेखिएका थिए । बाइबल २,००० वर्ष पुरानो भए तापनि के हामी त्यस विषय-वस्तुमाथि अझै विश्वास गर्न सक्छौं ? के बाइबलको सन्देश अझै पनि सान्दर्भिक छ ?

यस लेखमा,  बाइबल अद्वितीय पुस्तक हुनुको कारण तपाईंले पत्ता लगाउनुहोस् म चाहन्छु । हामी बाइबलको विश्वसनीयतालाई नियाल्नेछौं । साथै, हामी केही रोचक विशेषताहरु र वैज्ञानिक रहस्यहरुमा गहिरिएर हेर्नेछौं । बाइबलले यति धेरै मानिसका जीवनहरुलाई परिवर्तन गरेका कारणहरु नियाल्दै टुङ्य्याउनेछौं ।

के तपाईं बाइबलको सबैभन्दा महत्त्वपूर्ण सन्देश जान्‍न चाहनुहुन्छ ?  यदि तपाईं सत्य पत्ता लगाउन चाहनुहुन्छ भने, आफ्नो निम्ति बाइबल पढ्नु सबैभन्दा राम्रो तरिका हो । यो लेख लेखेर, लाखौंका जीवन परिवर्तन गरिसकेको बाइबलको सन्देश बारे तपाईंलाई जिज्ञांसु बनाउने आशा लिएको छु ।

के बाइबल समयसँगै परिवर्तन भएको छ ?

बाइबल हजारौं वर्षअघि लेखिएको थियो । पुस्तकहरु छापिनुअघि, हजारौं पटक हातैले बाइबलका प्रतिहरु तयार पारिएका थिए ।  त्यसो भए,  बाइबलको मूल सन्देश हराएर वा परिवर्तन भएर गयो होला भन्‍ने तपाईंलाई लाग्दो होला । केही मानिसहरुले बाइबलको सन्देशलाई जानीबुझी परिवर्तन गरिएको छ भनी दावी गर्दछन् । तसर्थ, आजको बाइबलमा सुरुवात कालदेखि नै अझै पनि उही शब्दहरु र उही सन्देश समावेश छन् भनी प्रमाण पेश गर्ने केही तथ्यहरु तपाईंलाई प्रस्तुत गर्नेछु ।

के बाइबलमा परमेश्वरको वचन समावेश छ ?

यदि बाइबलमा हाम्रो निम्ति सृष्टिकर्ताको सन्देश समावेश छ भने, के उहाँले अरु कसैलाई उक्त सन्देश परिवर्तन गर्न लगाउनुहोला ?  बाइबलले उहाँको मिथ्या रुप प्रस्तुत गरोस् भनेर के उहाँले बाइबललाई परिवर्तन गर्न दिनुहोला ? यदि त्यस्तो कुरा हुन्थ्यो भने, सृष्टिकर्ताले हामीलाई बेकुफ बनाइरहनु भएको हुन्थ्यो ।

परमेश्वरले मानव जातिसितको आफ्नो योजना नियमित रुपमा परिवर्तन गर्नुहुन्छ भन्‍ने कुरा पनि तार्किक लाग्दैन । यदि तपाईंले प्रकृति र ब्रह्माण्डलाई नियाल्नुभयो भने, तपाईंले समयको क्रमसँगै परिवर्तन नहुने प्रकृति र व्यवस्थाका स्थिर नियमहरु देख्‍नुहुनेछ। नत्रता, ब्रह्माण्ड भद्रगोल हुनेथियो । त्यसैले, सृष्टिकर्ता विश्वासयोग्य हुनुहुन्छ र उहाँका योजनाहरु परिवर्तन हुँदैनन् भनी तपाईंले भरोसा राख्‍न सक्‍नुहुन्छ ।

पुरातात्त्विक निष्कर्ष

लगभग सबै पुरातत्त्वविद्हरु र इतिहासकारहरु बाइबललाई एकदमै विश्वसनीय रुपमा हस्तान्तरित गरिएको छ भनी सहमत छन् । ठूलो मात्रामा प्राचीन पाण्डुलिपिहरु फेला परेका छन् । बाइबलको वर्तमान ग्रन्थ अझै पनि प्राचीनत्तम संस्करणहरुमा पाइएजस्तै छ । यदि भूलहरु भएको भए, वा यदि ग्रन्थ जानीबुझी तोड्मोड् गरिएको भए, बाइबलका संस्करणहरु अर्कै हुनेथिए ।  कुरो त्यस्तो होइन ।

सन १९४७ मा, कुमरान गाउँ नजिकैका गुफाहरुमा ठूलो सङ्ख्यामा पाण्डुलिपिहरु फेला परेका थिए ।  ती पाण्डुलिपिहरु पहिलो शताब्दि ईशापूर्वमा लेखिएका थिए ।  ती पाण्डुलिपिहरुमा बाइबलको सबैन्दा पुरानो भाग, तनाखका धेरै खण्डहरु समावेश थिए। यस्तो निष्कर्ष फेला पार्नुअघि, धेरै जना विद्वानहरुले बाइबलका  हालैका प्रतिलिपिहरुको विश्वसनीयतामा शङ्का गरेका थिए । उनीहरुले बाइबलको खण्ड र सन्देश शताब्दीको अन्तरालमा संशोधन गरिए भन्ठानेका थिए । कुमरानमा फेला पारिएको एउटा पाण्डुलिपि यशैयाको ठूलो चर्मपत्र थियो । सन १९४७ सम्म उपलब्ध भएको सबैभन्दा पुरानो प्रतिलिपिहरुमध्ये यशैयाको चर्मपत्र १००० वर्ष पुरानो प्रतिलिपि थियो । १००० वर्ष कान्छो प्रतिलिपिसित त्यो पुरानो संस्करण ठ्याक्‍कै मिल्दो पाइनु कति उदेकलाग्दो कुरा हो । ग्रन्थ र सन्देशमा ती हजार वर्षमा त्यस्तो केही परिवर्तन  छैन ।

बाइबलको अतिरिक्त, धेरैवटा ऐतिहासिक दस्तावेजहरुमले बाइबलका कथाहरु र पात्रहरु उल्लेख गरेका छन् । बाइबलमा उल्लेखित फारोहरु, राजाहरु र अन्य मानिसहरुका १०० भन्दा बढी नामहरु शिलालेखहरुमा, अभिलेखहरुमा र इतिहासहरुमा पनि भेट्न सकिन्छ ।

हजारौं प्रतिलिपिहरु

होमरजस्ता प्राचीन विशेष लेखकहरुका लेखहरु, र कुमरान,भागवत गीताजस्ता पुस्तकहरु, र गौतम बुद्द र महान् सिकन्दरका जीवनीहरुमध्ये केही प्राचीन प्रतिलिपिहरु मात्रै अस्तित्वमा छन् । बाइबल लगायत मौलिक पाण्डुलिपिहरु भएका कुनै पनि प्राचीन लेख जीवन्त छैनन् । तर नयाँ निमय (बाइबलको दोस्रो भाग),  ५८०० (!) भन्दा बढी पूर्ण वा आंशिक रुपमा सुरुका प्रतिलिपिहरु सुरक्षित रहेका छन् ।  साथै अरु भाषाहरुमा पनि  हजारौं प्रतिलिपिहरु छन् । तेसैले, बाइबल सम्पूर्ण प्राचीन लेखहरुको  सबैभन्दा भरपर्दो संरक्षित ग्रन्थ हो  ।

बाइबलका मौलिक लेखहरु संरक्षित गरिएका छैनन् । येशू प्रभु पृथ्वीमा जिउनुभएपछिका पहिलो शताब्दिहरुमा, प्रत्यक्षदर्शीका विवरणहरु (सुसमाचार)  र उहाँका चेलाहरुका पत्रहरुलाई धेरै मानिसहरुले लगातार प्रतिलिपिको रुपमा उतार्दै गए । ती प्रतिलिपिहरुमा केही मात्रामा नगन्य हिज्‍जे त्रुटीहरु भएका हुन सक्छन् ।  साथै, कहिलेकाहीं वाक्य दोहोरियो वा बिर्सियो ।  तर हजारौं प्रतिलिपिहरु उपलब्ध भएका हुनाले, मौलिक ग्रन्थलाई एकदम राम्ररी बुझ्‍न  सकिन्छ । ती प्रतिलिपिहरु बीचका अधिकांश भिन्‍नताहरु सानातिना अन्तरहरु हुन्;  तापनि, मौलिक ग्रन्थलाई सहज रुपमा बुझ्‍न सकिन्छ । अधिकांश वर्तमान बाइबल अनुवादहरुमा मुट्ठिभरका खण्डहरु मात्रै मूल पाठको अंश हो भनेर शङ्का गरिन्छः

  • यूहन्‍ना ७ मा व्यभिचारी स्त्रीको कथा
  • मर्कूसको सुसमाचारको अन्तिम खण्ड ( मर्कूस १६ का अन्तिम ११ पदहरु)  
  • १ यूहन्‍ना ५ मा ७ पद, जहाँ पिता, पुत्र र पवित्र आत्माको रुपमा परमेश्वरलाई जोड दिइएको छ ।

यस बिन्दुमा,  विद्वानहरुले यी खण्डहरु मौलिक ग्रन्थमा थिए कि थिएनन् भनेर निश्चित रुपमा बताउन सक्तैनन् । त्यसैले धेरै आधुनिक बाइबल अनुवादहरुले ती खण्डहरुलाई कोष्ठकभित्र वा टिप्पणीको छेउमा राखेका हुन्छन् । बाइबलमा हजारौं पाठहरु छन् । यी तीन वटा साना टुक्राहरुले बाइबलको सन्देशमा कुनै प्रभाव पार्दैन । नता ती टुक्राहरु बाइबलको सन्देशसित बाझिदैनन् ।

के परमेश्वरले बाइबलमा  यस्ता भिन्‍नताहरुलाई रोक्‍न सक्‍नुहुन्‍न थियो र ? लेखन कार्य मानवीय कार्य थियो । कुनै मानिसले आफ्नो काम सिद्द रुपमा गर्दैन । एउटै त्रुटीविना हजारौं पटक बाइबलको प्रतिलिपि उतारिएको भए आश्चर्यकर्म नै हुनेथियो  ।  त्यस कुराले परमेश्वरको अस्तित्वको स्पष्ट प्रमाण हुनेथियो अनि हाम्रो स्वतन्त्र इच्छा कुण्ठित पार्ने थियो ।

वास्तवमै, परमेश्वरले पनि मूल लेखहरु हराउन दिनुभयो । यदि ती संरक्षित भइदिएको भए, तिनलाई “पवित्र स्थान” दिइन्थ्यो होला। धेरै प्रतिलिपिहरु उपलब्ध भएका र सबैले बाइबलका विषय-वस्तुरहरुमा निर्बाध पहुँच प्राप्त गर्न सक्‍ने भएकाले ती लेखहरुलाई व्यक्तिगत फाइदा वा राजनैतिक प्रभावको निम्ति प्रयोग गरिन सक्थ्यो ।

केन्द्रिय नियन्त्रणरहित

नयाँ नियम (बाइबलको दोस्रो भाग) का  सुसमाचार र पत्रहरु चाँडै नै धेरै पटक छापिएका थिए । यसकारण, कुनै पनि एक जना व्यक्ति वा संस्थासित बाइबलका सम्पूर्ण प्रतिलिपिहरु भएको क्षण कहिल्यै भएको छैन । नता बाइबलको सन्देश परिवर्तन गर्न सकिने त्यहाँ कुनै मौका नै आएको छ । आखिर, विभिन्‍न स्थानहरुमा पहिले नै धेरै प्रतिलिपिहरु थिए । उदाहरणको निम्ति, कुरानको हकमा यो लागू हुँदैन । कुनै बिन्दुमा, उस्मन इबन अफानद्वारा अस्तित्वमा रहेका सम्पूर्ण प्रतिहरु सङ्कलन गरिएका थिए । उनले कुरानका उपलब्ध सम्पूर्ण प्रतिहरु सङ्कलन गरी यो संस्करणचाहिँ सही हुनुपर्छ भनी निर्धारण गरे । अरु संस्करणहरुचाहिँ नष्ट पारिए ।

ईश्वी सम्बतको दोस्रो शताब्दिमा, प्रत्यक्षदर्शीका विवरण (सुसमाचारहरु) र पत्रहरुका विभिन्‍न प्रतिलिपिहरुलाई आज हामीले बाइबल भनी चिनेको पुस्तकको रुपमा एकत्रित गरियो । यहाँ बाइबलको पाठ र रचना निर्धारण गर्ने मानिसहरुको अन्तिम बैठक भएको छैन ।  पाण्डुलिपिहरु र तिनका विषय-वस्तुहरुको जाँचद्वारा, नयाँ नियम (बाइबलको दोस्रो भाग) मा रहेका लेखहरु समयक्रमसँगै निर्धारण गरिएका थिए ।

ठूलो प्रभाव भएको अद्वितीय सन्देश

के कुराले बाइबलको सन्देशलाई यति विशेष बनाएको हो ? अरु सबै पुस्तकहरु भन्दा बाइबल किन फरक छ ?

१. परमेश्वरको अद्वितीयपन

धेरै धर्महरुले संसार सृष्टि गर्ने टाढाको परमेश्वरको वर्णन गर्दछन् ।  अधिकांश धर्महरुले हामीलाई हाम्रा सृष्टिकर्तालाई आदर गर्न र खुशी पार्न सक्दो प्रयास गर्नुपर्छ भनी सिकाउँदछन् । सृष्टिकर्ता पराक्रमी परमेश्वर हुनुहुन्छ- उहाँ हरेक व्यक्तिको बारेमा पनि सरोकार राख्‍नुहुन्छ भनेर पनि बाइबलले बताउँदछ । परमेश्वरले आफूले सृष्टि गर्नुभएको मानिसहरुलाई प्रेम गर्नुहुन्छ । परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ, कि हामीलाई विनाशदेखि बचाउनको निम्ति उहाँ पृथ्वीमा आउनुभयो ।

२. ईश्वरीय प्रेरणा

बाइबलका लेखकहरुले परमेश्वरको वचन बोल्दाखेरि धेरै पटक ईश्वरीय प्रेरणालाई सङ्केत गरेका छन् ।  उनीहरुले ईश्वरीय प्रेरणा र परमेश्वरको सन्देश हस्तान्तरण गरेको दावी गर्छन् । उनीहरुको सन्देशले प्रायः मानिसहरुको स्वीकार प्राप्त नगरेको तपाईंले विचार गर्नु भएमा त्यस कुराले केही कुरालाई सङ्केत गरेको पाउनुहुन्छ । बाइबलका धेरैजसो लेखकहरु सन्देश ल्याएकै कारणले पनि मारिएका थिए ।

३.बाइबलको एकता

बाइबल ४० जना विभिन्‍न लेखकहरुद्वारा १,००० वर्षभन्दा बढी समयमा लेखिएको थियो । यति लामो समयावधि र यति धेरै लेखकहरुद्वारा लेखिएको भए तापनि बाइबलको विषय-वस्तु र सन्देश बीचमा स्पष्ट एकता पाइन्छ । तपाईंले बाइबल पढ्नुहुँदा प्रमुख विषय-वस्तु स्पष्ट हुन्छ । त्यो विषय-वस्तु हाम्रा सृष्टिकर्ता परमेश्वरको आफ्नो सृष्टिप्रततिको प्रेममा केन्द्रित छ । साथै, उहाँको प्रेमप्रति हामी कसरी प्रत्युतर जनाउँछौं भन्‍ने बारेमा हो । परमेश्वरले हामी जुन तरिकाले जिएको चाहनुहुन्छ त्यस कुरालाई हामी कसरी इन्कार गर्दा रहेछौं भन्‍ने बारेमा हो ।

४.पूरा हुन आएका अगमवाणीहरु

बाइबलको पहिलो भाग (पुरानो नियम)  मुक्तिदाताको बारेमा गरिएका भविष्यवाणीहरुले भरिएको छ ।  मुक्तिदाता भनेको मानिसहरुलाई तिनका विद्रोही र घिनलाग्दो व्यवहारका परिणामहरुदेखि बचाउनेवाला व्यक्ति हुनुपर्दथ्यो ।  दोस्रो भाग (नयाँ नियम) मा चाहिँ धेरैजसो भविष्यवाणीहरु पूरा भएको देख्दछौं । तपाईंले ती भविष्यवाणीहरु संयोगले वा चालबाजीले पूरा हुन आएका हुन् भनी सोच्‍नुहोला । तर विष्यवाणीहरुले विशाल सङ्ख्याले यस कुरालाई संम्भव तुल्याएको छ । उदाहरणको रुपमा, मुक्तिदाता (येशू ख्रीष्ट)को जन्म-स्थानलाई लिऔं । उहाँको जन्म हुनु ६०० वर्षअघि अगमवक्ता मीकाले जन्म-स्थानको रुपमा बेथलेहेम उल्लेख गरेका थिए । यस पृष्ठको तल, तपाईंले येशूको जीवनमा पूरा हुन आएका भविष्यवाणीहरुको सूची प्रस्तुत गर्ने केही वेबसाइटहरु पाउनुहुनेछ।

५.वैज्ञानिक खोजहरु

बाइबल  वैज्ञानिक पुस्तक होइन । तर बाइबलमा ब्रह्माण्ड र प्रकृतिका वर्णनहरु पाइन्छ । बाइबलमा हाम्रो स्वास्थ्य र सरसफाइका निम्ति उपयोगी नियमहरु पनि पाइन्छन् ।

ती समयमा लेखिएका अधिकांश विवरणहरु युगअनुसारको दृष्टिकोण र ज्ञानसित अमिल्दा छन् । आधुनिक वैज्ञानिक र चिकित्सा ज्ञान धन्यको हो, तीमध्ये अधिकांश शिक्षाहरु हाम्रो भलाइको निम्ति हितकारी भएको प्रमाणित भएका छन्।

बाइबलमा स्वास्थ्य तथा सरसफाइसित सम्बन्धित नियमहरु छन् । तपाईंलाई लाग्ला, यी त मानिसहरुद्वारा बनाइएका रीतिहरु हुन् । तर उनीहरुले प्राचीन समयमा कहिल्यै भाइरस र ब्याक्टेरिया बारे सुनेका थिएनन् । तथापि, परमेश्वरले कुष्ठरोगीहरुका कपडाहरु जलाइनु पर्दछ भनी आज्ञा दिनुहुन्छ । कुष्ठरोगका किटाणुहरु धेरै हप्तासम्म कपडामा बाँच्‍न सक्छन् र यसैले कपडा अत्यधिक सङक्रामक हुन सक्छ भनेर हामीलाई थाहा थिएन । कुष्ठरोगीलाई अलग्गै राखिनुपर्दथ्यो र उसले मुख छोप्‍नु पर्दथ्यो ।  (साथै, के तपाईंले अहिलेको कोरोना सुरक्षा उपायसँग मिल्दोजुल्दो देख्‍नुहुन्‍न  त ? )

मोशाका पुस्तकहरुमा, हामीलाई सामान्य लाग्‍ने सरसफाइ बारेका धेरै कडा नियमहरु पाइन्छन् । आजकाल, नियमित रुपमा हातहरु धुनु चलन छ; १९सौं शताब्दिसम्म, धेरै देशहरुमा हात धुने चलन थिएन ।

आदम र हब्बाको कथाको १८औं शताब्दीमा धेरै आलोचना भयो । त्यस समयमा, मानिसको उत्पति एउटै पुर्खाबाट हुन सक्तैन भन्‍ने धारणा थियो  । यधपि, मानव अनुवंशिकी बारे गरिएको आधुनिक अध्ययनहरुले प्रत्येक मानव एउटै आदिम जननीबाट आएको हो भन्‍ने बहुत सम्भावना देखाएका छन् ।

६.जीवन परिवर्तन गर्ने वचनहरु

बाइबलको सन्देशलाई के कुराले यति विशेष बनाएको होला जसले अरबौं मानिसहरुका जीवनलाई परिवर्तन गरेको छ । हामी आफ्ना पापहरु र अनादरपूर्ण व्यवहारको लागि आफैले केही गर्न नसक्‍ने रहेछौं भन्‍ने हामीलाई महसुस हुन सक्छ । यस कुराले हामीलाई शर्म र पछुतोको गहिरो अनुभूतितिर डोर्‍याउन सक्छ ।  धन्यवाद होस्, परमेश्वर प्रेमिलो हुनुहुन्छ । हाम्रो व्यवहार जस्तो भए पनि, उहाँले हामीलाई आफ्नो उपस्थितिमा बोलाउन चाहनुहुन्छ । उहाँले हामी उहाँको परिवारको सदस्य भएको पनि चाहनुहुन्छ । धेरै मानिसहरुले परमेश्वरमा आफ्नो भरोसा राखेका छन् र येशू ख्रीष्टद्वारा आफ्ना पापहरुको क्षमा ग्रहण गरेका छन् । त्यसो गरेर, उनीहरु आशापूर्ण भविष्यमा प्रवेश गरेका छन् ।

७. येशूका चेलाहरुलाई सुसमाचार सुनाउन कुनै कुराले रोक्‍दैन ।

इसाई विश्वास त्यस्तो एक मात्रै धर्म हो जहाँ प्रारम्भिक कालदेखि नै आफूले प्रचार गरेको सन्देशको कारण चेलाहरु सताइएका छन् । ख्रीष्ट येशूका धेरैजसो प्रथम चेलाहरु शहीद भए, मारिए । सन ६४ मा  रोममा आगो लागेपछि,येशूका चेलाहरुलाई आरोप लगाइयो । यसकारण, सम्राट नेरोले येशूका हजारौं चेलाहरुलाई विभत्स तरिकाले मार्न लगाए, क्रूसमा चढाए, र जलाए । चेलाहरुलाई सडकहरुलाई उज्यालो पार्ने जिउँदो टर्चको रुपमा प्रयोग गरिए । येशूका चेलाहरु आज पनि मानिसहरुद्वारा सताइन्छन् ।

डरलाग्दो कुटाइपिटाहरुको बाबजुद पनि, यसले येशू ख्रीष्टका चेलाहरुलाई अरु मानिसहरुलाई सुसमाचार सुनाउनदेखि रोक्दैन ।

निष्कर्षमा

बाइबलमा हाम्रो सृष्टिकर्ताका जीवित वचनहरु छन् कि छैनन् भनी पत्ता लगाउन,  तपाईं आफैले बाइबल पढ्नु पर्ने हुन्छ । हाम्रो सृष्टिकर्ताको सन्देशले तपाईंको हृदयलाई छुनेछ भन्‍ने मैले आशा लिएको छु ।

अथवा,यदि यस पृष्ठको वेबसाइटमा प्रवेश गर्नुभयो भनेः


अधिक जानकारी (अङ्ग्रेजी) :

Websites about the prophecies of the Bible

Medical Evidence

  1. (येशूले भन्‍नुभयोः) तर व्‍यवस्‍थाबाट एक मात्रा मेटिनभन्‍दा स्‍वर्ग र पृथ्‍वी टलिजान सजिलो छ। (लूका १६:१७)
  2.  बाइबलको ऐतिहासिकि प्रमाण पनि हेर्नुहोस् ।
  3. उत्पति १७:१२, २१:१४, लेवी १२: ३लूका २ :२१ पनि पढ्नुहोस् ।
  4. बुखारी भोल्यूम-६, पुस्तक ६१, हदिथ ५१०
  5.  https://en.wikipedia.org/wiki/Mitochondrial_Eve

.

.

बाइबल कसले लेखेको हो ?
स्वतन्त्र इच्छा कि भाग्य ?
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?
एउटै परमेश्वर, विभिन्‍न नामहरु ?