परमेश्वरसित कुराकानी गर्ने तरिका

प्रार्थना परमेश्वरसित  कुराकानी गर्ने कार्य हो; यो तपाईंको हृदयको कुराकानी हुन सक्छ । परमेश्वर हामीसँग सम्बन्ध खोज्‍नुहुन्छ ।  त्यसकारण, परमेश्वरले तपाईंलाई प्रेम गर्नु भएकोमा तपाईं कति आभारी  हुनुहुन्छ सो उहाँलाई बताउन सक्‍नुहुन्छ । उहाँले तपाईंलाई जे दिनुभएको सो कुराको निम्ति उहाँप्रति धन्यवादी हुन सक्‍नुहुन्छ ।  तपाईंलाई चिन्तित तुल्याउने कुराहरु पनि उहाँलाई बताउन सक्‍नुहुन्छ । तपाईंले मीठा शब्दहरु वा वाक्यांशहरु प्रयोग गर्नु वा तपाईंका शब्दहरु दोहोर्‍यानु पर्दैन । परमेश्वरलाई अघि नै तपाईंका खाँचाहरु थाहा हुन्छ । उहाँले तपाईंको हृदयादेखिको साँचो प्रार्थना चाहिरहनुभएको हुन्छ । उहाँसित इमानदार हुनुहोस्; आखिरमा, उहाँलाई तपाईंको बारेमा अघि नै सबै कुरा थाहा हुन्छ।

तपाईंले प्रार्थना कसरी गर्न सक्‍नुहुन्छ सो बारे येशू स्वयमले एउटा नमूना प्रस्तुत गर्नुभयो;

‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ,

तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌।

“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’ मत्ती ६:९-१३

तपाईंले यसरी नै प्रार्थना गर्नुपर्दछ भन्‍ने यो प्रार्थना होइन । तपाईंले यो प्रार्थना प्रयोग गर्न सक्‍नुहुन्छ, तर  यस प्रार्थनामा के के विषयहरु छन् भनेर पनि पत्ता लगाउने कोसिस गर्नुहोस् । त्यसैले, तपाईं यो प्रार्थनलाई व्यक्तिगत प्रार्थनामा प्रयोग गर्न सक्‍नुहुन्छ । उदाहरणार्थ,  तपाईं धन्यवादी हुनुभएका चीजहरु, विश्वासको बारेमा, र तपाईंलाई जीवनमा चाहिने सहायताका क्षेत्रहरु सम्झनुहोस् ।

के मैले निश्चित समयमा प्रार्थना गर्नुपर्दछ ?

अहँ, पर्दैन । परमेश्वरले तपाईंलाई  विशेष समयहरुमा प्रार्थना गर भन्‍नुभएको छैन ।  नियमित रुपमा प्रार्थना गर्नु असल बानी हो । उदाहरणको निम्ति, बिहानै उठेपछि र राति सुत्‍नुअघि प्रार्थना गर्नु असल कुरा हो । यधपि,  तपाईंले दिनमा कुनै पनि समयमा प्रार्थना गर्न सक्‍नुहुन्छ । उदाहरणको निम्ति, तपाईं धन्यवादी हुनु पर्ने कुराको निम्ति, वा तपाईंलाई चाहिएको सहायता वा ज्ञानबुद्दिको निम्ति प्रार्थना गर्न सक्‍नुहुन्छ ।

प्रार्थना अघि  के मैले नुहाइधुवाइ गर्नु पर्दछ ?

तपाईंले जुनै पनि समयमा परमेश्वरसित प्रार्थना गर्न सक्‍नुहुन्छ । तपाईंले मनमनै वा मुख खोलेर परमेश्वरसित कुराकानी गर्न सक्‍नुहुन्छ; तपाईं उभिएर वा बसेर परमेश्वरसित  कुराकानी गर्ने समय मिलाउन सक्‍नुहुन्छ ।  नुहाइधुवाइ गर्नु आवश्यक छैन किनकि परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा तपाईंलाई अघि नै (आत्मिक रुपमा) सफा गरिसक्‍नुभएको छ ।

  प्रार्थनाको लागि कुनै निश्चित चलन वा परम्पराहरु छन् त ?

मुख्य गरी,  परमेश्वरले तपाईंले इमानदारीसाथ प्रार्थना गरेको चाहनुहुन्छ ।  तपाईंले प्रार्थना गर्दा परमेश्वरलाई आदर प्रकट गर्नको निम्ति  घुँडा टेक्‍न सक्‍नुहुन्छ,तर घुँडा टेक्‍नु पर्छ भन्‍ने छैन । आफू वरिपरिका वातावरणहरुले बाधा नपुर्‍याओस् भनेर तपाईं आफ्ना आँखाहरु बन्द गर्न सक्‍नुहुन्छ । तपाईंले विशेष वा कठिन शब्दहरु प्रयोग गर्नु जरूरी हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, जुन सुकै भाषामा भए पनि हृदयदेखि बोल्‍नुहोस्- परमेश्वरले सबै सुन्‍नुहुन्छ ।

के सबैले प्रार्थना गर्न सक्छन् ?

उहाँसित बोल्‍ने हरेक व्यक्तिको कुरा परमेश्वरले सुन्‍नुहुन्छ । चाहे तपाईं गरीब वा धनी, जवान वा बृद्द, पुरुष वा स्त्री जो हुनुभए पनि परमेश्वरले प्रार्थना सुन्‍नुहुन्छ । परमेश्वरको निम्ति, प्रत्येक व्यक्ति समान हुन्छ; उहाँले हरेक व्यक्तिलाई प्रेम गर्नुहुन्छ र उनीहरुका प्रार्थना सुन्‍नुहुन्छ ।

मैले कुन भाषामा प्रार्थना गर्नुपर्दछ ?

तपाईं मीठा-मीठा शब्दहरु वा निश्चित वाक्यांशहरुबिना नै परमेश्वरसित कुराकानी गर्न सक्‍नुहुन्छ; बरु आफ्नै भाषामा प्रार्थना गर्नुहोस्, र उहाँसित आफ्नो हृदयदेखि उहाँसित कुराकानी गर्नुहोस् ।

के निश्चित प्रार्थनाहरु छन् त ?

परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीसँग सम्बन्ध इच्छा गरिरहनु भएको छ । त्यसो भए, उहाँले कसरी हामीले उही शब्दहरु बारम्बार प्रार्थना गरेको चाहनुहुन्छ ? तपाईं विवाहित हुनुहुन्छ भने, आफ्नी श्रीमतीसित हरेक दिन उही शब्दहरु भन्‍नुहुन्छ त? अवश्य भन्‍नुहुन्‍न। परमेश्वरसितको हकमा पनि यही कुरा हो । हाम्रो मनमा जे आउँछ त्यही कुरा परमेश्वरले हामीबाट सुन्‍न चाहनुहुन्छ । हामी धन्यवादी हुने थोकहरु र हामीलाई चिन्तित तुल्याउने विषयहरु हामीले परमेश्वरलाई बताउनु पर्दछ ।  यदि तपाईं परमेश्वरमा भरोसा गर्नुहुन्छ भने, उहाँले हामीलाई वास्ता गर्नुहुन्छ भन्‍ने कुरा तपाईंले थाहा पाउनुहुनेछ ।

के मैले मेरो प्रार्थनाको जवाफ पाउनेछु ?

तपाईंले सधैं परमेश्वरबाट तुरुन्तै जवाफ पाउनुहुने छैन ।  तर मेरो अनुभवबाट बताउन सक्छु, कि परमेश्वरले पक्‍कै पनि हाम्रो प्रार्थना सुनिरहनु भएको हुन्छ भनी उहाँले स्पष्ट पार्नुभएको छ ।  कहिलेकाहीं मेरा समस्याहरु असाधारण रुपमा समाधान भएका हुन्छन् ।  कहिलेकाहीं मैले पढिरहेको बाइबलको अध्यायमा जवाफ पाउँदछु । कहिलेकाहीं तपाईं धैर्यवान हुनुपर्ने हुन्छ । त्यस बेला परमेश्वरले तपाईंमा काम गरिरहनु भएको हुनाले धेरै पटक तपाईं धैर्यवान हुनुपर्ने हुन सक्छ । बच्चाले जे मागे पनि बाबुले सधैं दिन सक्दैन, तथापि उसलाई जरुरी परेको कुराचाहिँ उसले पाओस् भनेर बाबुले निश्चित गर्दछ ।

.