स्वतन्त्र इच्छा कि भाग्य ?

के हामीसित स्वतन्त्र इच्छा छ, कि आफैलाई मूर्ख तुल्याइरहेका छौं ? हामीले जे सोच्दछौं र जे गर्दछौं के ती हाम्रो दिमागका उपज हुन् ? वा हामीले गर्ने हरेक थोक हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा निर्देशित छन् ? हामीले के गर्नेछौं भनेर पूर्व योजना बनाउनु हुने सृष्टिकर्ता हुनुहुन्छ ?  वा के हामी समस्यामा पर्दा जाँचिएका हुन्छौं ?

के यो हाम्रो स्वतन्त्र इच्छा वा रमाइलो भ्रम हो ?

सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्ने मानिसहरुले आफ्नो विचार र कार्य बारे अर्कै परिभाषा खोज्‍दछन्। यदि तपाईंले पदार्थबाहेक केही छैन भनी विश्वास गर्नुहुन्छ भने, तब तपाईंका कार्यहरु हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा उत्प्रेरित भएको हुनुपर्दछ  । हाम्रो मस्तिष्कले हामीलाई प्रस्तुत गरिएको उत्तेजना र हाम्रो शरीरको मागअनुसार प्रतिक्रिया गर्दछ ।

यस दृष्टिकोणबाट हाम्रा भावनाहरुको व्याख्या गर्नु कठिन हुन्छ । तब, हामी खराब र असल कसरी छुट्याउन सक्छौं होला ?  यदि तपाईंले यो अवधारणा पूर्णरुपमा अङ्गीकार गर्नुभएको छ भने, तब हत्यारालाई उसका कार्यको निम्ति जवाफदेही बनाउन सकिँदैन । आखिर, त्यो उसको परिस्थितिप्रतिको उसको मस्तिष्कको प्रतिक्रिया मात्रै हो । यस दृष्टिकोणबाट, प्रेम गर्न हामी सक्षम छौं भनी  कसरी सम्भव हुन्छ ? साथै,  कतिपय व्यक्तिरहरुले आफ्ना प्रिय जनहरुका निम्ति आफ्नो जीवन अर्पण गर्न समेत कसरी सम्भव हुन्छ ? हाम्रो मष्तिष्कमा क्रिया र प्रतिक्रिया मात्रै भन्दा पनि अन्य धेरै क्रियाशील भइरहेको देखिन्छ । मीठो सङ्गीत वा सुन्दर प्रकृतिमा रमाउन सक्छौं भनेर कसरी व्याख्या गर्न सकिन्छ ? यी कुराले मलाई जीवनको आत्मिक आयाम पनि हुनुपर्दछ भनी विश्वस्त तुल्याएका छन् । 

के हामी यन्त्र-मानव वा कठपुतली मात्रै हौं त ?

कम्प्यूटर आफैले केही सोच्‍न सक्दैन । कम्प्यूटर चल्‍नको निम्ति यसलाई सफ्टवेअरको आवश्यकता पर्दछ । केही कम्प्यूटरहरुले प्रयोगकर्ताविना नै एकदम राम्ररी काम गर्न सक्छन् । तर त्यसका परिणामहरु भने कार्यक्रम बनाउनेले नै तय गरेको हुनेछ । जब तपाईं कम्प्यूटरमा काम गर्नुहुन्छ, त्यसले तपाईंलाई पहिल्यै नहालिएका सबै चिजहरु सिर्जना गर्न अनुमति दिन्छ ।

मलाई लाग्‍छ, हाम्रो मष्तिष्कमा हुने प्रक्रियाहरुसित कम्प्यूटरका धेरै कुरा मिल्दाजुल्दा छन् । हाम्रो मष्तिष्कले हामीले नसोचिकनै हाम्रो शरीरका धेरै कार्यहरु नियन्त्रण गरिरहेको हुन्छ ।  हामी सास फेर्छौं, खाना पचाउँछौं, आँखा  झिम्काउँछौं, र यस्ता धेरै चीजहरु गर्दछौं । तर हाम्रो मष्तिष्कको सहायताले हामी धेरै चीजहरु गर्दछौं । हामी प्रेम गर्न, सिक्‍न, र सही-गलत छुट्याउन छनोट गर्न सक्छौं ।

के सृष्टिकर्ताले सबै थोक नियन्त्रण गर्नुहोला त ?

यस वेबसाइटको मुख्‍य कथामा,  तपाईंले सृष्टिकर्ताको अस्तित्व बारे धेरै कुरा थाहा पाउन सक्‍नुहुन्छ । जब तपाईंले विशेष मानिसहरुलाई एक ठाउँमा कसरी राखिने रहेछ भनेर अध्ययन गर्नुहुन्छ, तपाईंले सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्नै सक्‍नुहुन्‍न ।

हामीले जे गर्दछौं त्यो हाम्रो सृष्टिकर्ताद्वारा पूर्व-योजना बनाइएको हुन्छ भन्‍ने धेरै मानिसहरुको धारणा पाइन्छ। त्यसैले,  सृष्टिकर्ता हाम्रा विचार र कार्यको निम्ति पनि जिम्मेवार हुनुहुन्छ भन्‍ने यसको यसको आशय हो । तर अधिकांश मानिसहरुचाहिँ हाम्रा क्रियाकलापका निम्ति हामी जिम्मेवार छौं र हामी आफ्नो सृष्टिकर्ताप्रति जवाफदेही हुनुपर्छ भन्‍ने बारे सचेत छन् ।

यी सबै कुराले हाम्रा सृष्टिकर्ताले हामीलाई आफ्नो इच्छाअनुसार चल्ने केही हदसम्‍म स्वतन्त्रता दिनुभएको छ भन्‍ने तथ्यलाई झल्काउँदछ, यधपि, त्यो रोजाइहरु किन उहाँको इच्छा विपरीत नहोस् । यो कुरा कुनै पनि बालकलाई बाल्यकालमा भूलहरु गर्न र तीबाट सिक्‍न केही समय दिइएजस्तै हो ।

के भाग्यले हाम्रो जीवन निर्धारण गर्दछ ?

हामीले जे गरिरहेका हुन्छौं त्यो भाग्यको खेल हो भनी सोच्‍दा कहिलेकाहीं निकै सान्त्वनादायी लाग्छ । यसले हाम्रो आफ्नो जिम्मेवारी कटौती गर्दछ । 

वास्तवमा,  हामी आफैले नियन्त्रण गर्न नसक्‍ने चीजहरु धेरै छन् । अरु मानिसहरुका रोजाइले पनि हाम्रो जीवनमा असर पारिरहेको हुन्छ । परिस्थितिहरुले पनि हाम्रो जीवनमा असर पारिरहेका हुन्छन् । तथापि, हामीले जे गर्दछौं त्यसले खासमा केही फरक पार्दैन भनी सोच्‍नु साह्रै सजिलो हुन्छ ।

कम्प्यूटरको उदाहरण याद गर्नुहोस् : यसले धेरै चीजहरु गर्न सक्छ,तर तपाईंले कुन कार्यक्रम चलाउने, कुन वेबसाइटमा जाने, कस्ता किसिकमा इमेलहरु लेख्‍ने भन्‍नेचाहिँ तपाईंले निर्णय गर्ने हो । त्यसै गरी, तपाईंले आफ्ना विचारहरु र आफ्नो शरीरले जे गर्नहुन्छ त्यो तपाईंको दायित्व हो ।

हाम्रो स्वतन्त्रताका सीमाहरु

हाम्रा अभिलाषाहरुले हाम्रो इच्छालाई सीमित तुल्याइरहेको देखिन्छ । कहिलेकाहीं हामीलाई यो गरूँ वा त्यो नगरूँ झैं लाग्द्छ, तर हाम्रो शरीरको लालसा हाम्रो इच्छाभन्दा अझै मजबुत प्रमाणित हुन्छ । लत (कुलत) यसको एउटा राम्रो उदाहरण हो ।

साथै, हाम्रो स्वतन्त्र इच्छा प्रकृतिका नियमहरु र हाम्रा परिस्थितिहरुद्वारा सीमित हुन्छ । उदाहरणको लागि, हामीले जति नै इच्छा गरे पनि हामी उड्न सक्तैनौं । नता हामी कहिले जन्मिने वा कहिले मर्ने भनेर नै निर्णय गर्न सक्छौं । नता हामी हाम्रा निर्णय वा रोजाइका परिणामहरुदेखि भाग्‍न सक्छौं ।

जेहोस्, तपाईंका रोजाइहरुले तपाईंको जीवनको  यात्रा र अन्तिम गन्तव्य  निर्धारण गर्दछन् । तपाईंले यस बारे यसै वेबसाइटको मुख्य कथाबाट धेरै जानकारी  प्राप्त गर्न सक्‍नुहुन्छ ।

हाम्रा अभिलाषाहरुको लत (कुलत)

हामीले रमाइलो गर्ने चीजहरु र हाम्रो निम्ति असल चीजहरु बीच हामीले छनोट गर्नुपर्दा प्रायः हामीलाई सङ्घर्ष हुन्छ । मलाई साँच्चै चकलेट मनपर्छ तर मलाई थाहा छ- मैले दिनभरि चकलेट खाएँ भने यसले मलाई मोटो बनाउँछ । हामी प्रायः लालच र हाम्रो भलाइ बीच आन्तरिक द्वन्द्व अनुभव गर्दछौं । 

यस्तो कुरा भौतिक तहमा मात्रै हुँदैन । साथसाथै, आत्मिक तहमा पनि, हामी धेरै थोकहरु गर्दछौं, जुन सृष्टिकर्ताले मन पराउनु हुन्‍न भनेर हामी जान्दछौं । तर पनि प्रायः हामी लालचको शिकार बन्‍छौं, र राम्रो गर्नको निम्ति धेरै प्रयास चाहिन्छ ।

जे कुरा सही होइन हामी त्यही गर्न लाग्दछौं- यो कुरा हाम्रो स्वभावमा झल्किन्छ ।  बाल्यकालदेखि, हामी मुख्यगरी आफ्नै भलाइमा केन्द्रित हुँदै आएका हुन्छौं । कोही पनि मानिस आफू र अरुप्रति पूर्ण रुपमा इमान्दार, न्यायिक र असल बन्‍न सफल छैन । त्यसो भएको हुँदा, हामी हाम्रा सृष्टिकर्तालाई अपमान गरिरहेका र उहाँ जुन आदरयोग्य हुनुहुन्छ सोअनुसार उहाँलाई आदर गर्न हामी चुकिरहेका हुन्छौं ।

न्याय

हामी सबैमा न्यायको अनुभूति हुन्छ । असल मानिस इनामको योग्य हुन्छ, र दुष्टचाहिँ दण्डको योग्य हुन्छ । अध्याय ३ मा , न्यायचाहिँ सृष्टिकर्ताको गुण  हुनुपर्दछ भन्‍ने निष्कर्षमा पुगेका छौं  । नत्र, उहाँको सृष्टिमा न्यायको अस्तित्व हुनेथिएन ।

 हाम्रो न्याय  अनुभूतिले  हामी हाम्रा रोजाइहरुका परिणामहरु बारे सजग छौं भन्‍ने कुरा सुनिश्‍चत गर्दछ । जब हामी कुनै नराम्रो कार्य गर्दछौं,  हामी जान्दछौं, कि अन्तमा परिणामहरु भोग्‍नुपर्ने हुन्छ ।  हामी आफ्ना कुकर्महरु र कुविचारहरु आफू वरिपरिका मानिसहरुदेखि लुकाउन सकौंला, तर हाम्रा सृष्टिकर्तादेखि चाहिँ ती कुरा लुकाउन सक्तैनौं  । त्यसकारण, धेरैजसो धर्महरुमा पनि “अन्तिम न्याय” को चेतना हुनु नौलो कुरा होइन । हामी मरेपछि, हामीलाई हाम्रा छनोटहरु र हाम्रा कार्यहरुको निम्ति जवाफदेही तुल्याइनेछ ।

blank

के जीवन ठूलो जाँच हो ?

कतिपयले भन्ठान्छन्, जीवन एउटा ठूलो जाँच हो, र  हामीले हाम्रो जीवनमा खराबभन्दा असल कार्य बढी गरेका छौं कि छैनौं भनी सृष्टिकर्ताले लेखाजोखा गर्नुहुनेछ । वास्तवमा यो विचार सही होइन । आखिर, तपाईंले हत्याजस्तो अपराधलाई कसरी पूर्ति गर्न सक्‍नुहुन्छ ? हामीले गरेका अनेकन गलत कार्यहरुले अपूरणीय क्षति पुर्‍याएका हुन्छन् ।

हामीलाई मुक्तिको खाँचो छ !

त्यसो भए जीवन वास्तवमा के हो त ?  हामीले सृष्टिकर्ताको आशय बुझ्दछौं भने जीवन अझ धेरै स्पष्ट हुन्छ । उहाँ प्रेमिलो  र हामीसँग अत्यन्तै धैर्यवान हुनुहुन्छ ।

तपाईंले असल जीवन जिउन कोसिस गर्नुभए पनि तपाईं प्रायः चुक्‍नु नै हुनेछ । त्यसैले, यस्तो अधो गतिदेखि बाहिर निस्कन हामीलाई सहायता चाहिन्छ । हरेक मानिस यही समस्यासँग जुधिरहेको हुन्छ;  त्यसैले, कसैले पनि तपाईंलाई सहायता गर्न सक्तैन  ।

खुशीको कुरो, यहाँ शुभ खबर पनि छ !  हाम्रो सृष्टिकर्तासँघ हाम्रो समस्याको समाधान छ । त्यस समाधानले हामीलाई हाम्रा अभिलाषाहरु र आत्म-विनाशकारी व्यवहारका परिणामहरुदेखि हामीलाई सदाको निम्ति मुक्त गर्न सक्छ । यदि तपाईं  यो कुरा जान्‍न चाहनुहुन्छ भने, पढ्दै जानुहोस् !

अथवा  यदि तपाईंले यो पृष्ठ छोड्नुभएको छ भने अध्याय १  बाट   बाट सुरु गर्नुहोस् ।

.