बाढी राहत भारत
भारतमा बारम्बार बाढी आउने गर्छ, दर्जनौं गाउँहरु ध्वस्त हुन्छन्। वर्षा मौसममा थोरै समयमा पनि धेरै मात्रामा पानी पर्न सक्ने भएकोले नदीहरु र वरपरका क्षेत्रहरू बाढी थाम्न सक्दैनन् ।
सन २०१८ मा केरलामा ठूलो बाढी आएको थियो। त्यो बाढीलाई सन् १९२४ को ठूलो बाढीजस्तै विगत १०० वर्षको सबैभन्दा खराब मानिएको छ। बाढी र पहिरोले धेरै घरपरिवार र खेतबारीको ठूलो क्षेत्र डुबानमा पर्यो । ३७५ भन्दा बढी मानिसहरुले ज्यान गुमाए । बाढीको कारण आएका पहिरोहरुले ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाए ।
अनुमानित १२ लाख मानिसहरू अस्थायी टहराहरुमा थिए। ती टहराहरुमा खानेपानी र चिकित्सा सुविधा नहुँदा थप समस्याहरु उत्पन्न भएका थिए। कतिपय क्षेत्रहरुमा सडकहरु आवतजावत गर्न नसकिने भएकाले त्यस्ता समस्याहरु उत्पन्न भएका थिए । धेरै ठाउँमा साना केटाकेटी र वृद्धवृद्धाहरूलाई सुरक्षित स्थानमा ल्याइएका थिए। कूल आर्थिक क्षतिचाहिँ ३ अरब अमेरिकी डलरभन्दा बढी भएको अनुमान गरिएको छ ।

राहत शिविर
जब बाढी चरम बिन्दुमा थियो र घरहरू डुबानमा परेका थिए, मानिसहरू असहाय भए। उनीहरू यताउता छरिए। चिन्तित मानिसहरूले आश्रय र शिविरहरू खोजे। अधिकांश शिविरहरु खचाखच भरिएका थिए। त्यसबेला, हाम्रा स्थानीय साझेदारहरू सरकारले पनि राहत शिविरको रूपमा प्रयोग गर्न सक्ने एउटा सानो शिविर निर्माण गर्न सक्षम भए ।
सानो शिविरमा १३० भन्दा बढी मानिसहरू थिए। हाम्रा स्थानीय साझेदारहरूले शरणार्थीहरूको लागि दिनको ३ पटक खाना पकाउँथे, कपडा, पानी र औषधि र अन्य आवश्यक सामग्रीहरू उपलब्ध गराउँथे । मानिसहरू आ-आफ्नो घर फर्कन सफल भएपछि टोलीले मानिसहरूलाई घर पुनर्निर्माणका लागि निर्माण सामग्रीहरु उपलब्ध गराएको थियो। उनीहरुले खाना, कपडा, ओछ्याउने, कम्बल समेत वितरण गरेका थिए ।

झण्डै ३०० परिवारहरुलाई सहयोगी हात बढाइएको छ
स्वयमसेवकहरूको टोलीले आवश्यक सबै कार्यहरू सम्हाल्न तयार हुन सकून् भनेर अन्य धेरै स्वयमसेवकहरूलाई पनि तालिम दिएको थियो।
- टोलीले २२ परिवारहरूलाई पूरै बाढी पसेका घरहरू सफा गर्न मद्दत पुर्यायो ।
- धेरै घरहरू आंशिक रूपमा क्षतिग्रस्त थिए भने केही घरहरुचाहिँ पूर्ण रूपमा ध्वस्त थिए। बाढीले आंशिक रुपमा क्षति पुगेका १० घरहरुलाई मर्मत गर्न टोलीले मद्दत पुर्याएको थियो ।
बाढी घट्दै गएपछि, हाम्रो टोलीले विभिन्न ठाउँमा अलपत्र परेका परिवारहरूलाई खाना, ओछ्याउने, कम्बल, पिउने पानी, औषधि, कपडा, ब्यारेल, र अन्य आवश्यक सामग्रीहरू दिएर सहायता पुर्यायो।

जब बाढी र प्राकृतिक विपदहरुले प्रभावित तुल्याउँछन्, त्यहाँ आफ्ना देशबासीहरूलाई मद्दत गर्न कार्यमा तुरुन्तै उत्रिहाल्ने धेरै स्वयमसेवकहरु हुन्छन्। भारतमा हाम्रो साझेदार संस्था वाइवाम (YWAM) मार्फत हामीले खाना, कम्बल र निर्माण सामाग्री जस्ता सहयोग सामग्रीहरू खरिद गरेर स्वयमसेवकहरूलाई नियमित रूपमा सहायता गर्ने गरेका छौं ।
के तपाईं पनि यस्तै परियोजनाहरुलाई भेटी दिई सहायता गर्न चाहनुहुन्छ ? थप विवरणको निम्ति हाम्रो दान पृष्ठमा जानुहोस् ।