के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
येशू ख्रीष्ट क्रूसमा साँच्चै मर्नुभएको थियो त भनेर केही मानिसहरुमा शङ्का छ । धेरै इस्लामिक शिक्षकहरुले येशू क्रूसमा मर्नुभयो भन्ने कुरा अस्वीकार गर्दछन् । उनीहरुले कुरानको व्याख्या गर्न जटिल पदको आधारमा त्यस अस्वीकारलाई आधारित तुल्याएका हुन्छन् (सुरात-एन-निसा ४:१५७) ।
यस पोस्टमा, येशूको निम्ति क्रूसीकरणमा बाँच्न असम्भव हुनुको कारणको रुपमा म केही महत्त्वपूर्ण तथ्यहरु प्रस्तुत गर्नेछु । केही मानिसहरुले अरु कोही नै क्रूसमा मरेको थियो भनेर पनि दावी गर्दछन् । यो त्यसो होइन भन्ने कुरा तपाईंले “ के अरु कोही क्रूसमा टाँगिएको थियो?” भन्ने पोस्टमा पढ्न सक्नुहुन्छ ।
उहाँलाई चरम यातना दिई ज्यादै कमजोर बनाइएको थियो
मत्ती, मर्कूस, लूका र यूहन्नाका सुसमाचारहरु (इन्जिल)ले येशूको स्वीकारोक्ति र क्रूसीकरण बारे विस्तृत रुपमा वर्णन गर्दछन् । येशूलाई क्रूसमा टाँगिनु अघि, सबैभन्दा पहिला उहाँलाई हड्डीका टुक्राहरु जडान गरिएको कोर्रा लगाइएको थियो । त्यसपछि, उहाँको शरीर गहिरा चोटहरुले ढाकिएका थिए । परिणाम स्वरुप, उहाँ आफ्नै क्रूस समेत बोक्न नसक्ने गरी ज्यादै कमजोर हुनुभएको थियो ।
क्रूसीकरणको समयमा, उहाँका हातहरु (सायद उहाँका नारीहरु) र उहाँका पाउहरुमा फलामका ठूला-ठूला किल्लाहरु ठोकिएका थिए । त्यसपछि, उहाँ कम्तिमा ३ घण्टा क्रूसमा टाँगिनुभई “मेरो काम सकियो !” भनी ठूलो स्वरले चिच्याउनुभयो । अनि त्यसपछि उहाँ मर्नुभयो ।
उहाँको कोखामा भाला
रोमी सिपाहीहरुले क्रूसीकरणको निगरानी गर्दछन् । जब उनीहरुले येशू मर्नुभएछ भनी चाल पाउँछन्, एक जना सिपाहीले उहाँ साँच्चिकै मरेको हो कि होइन भनेर थाहा पाउन येशूको कोखामा भाला रोप्दछ । पानी र रगत कोखाबाट निस्कन्छ । कोही व्यक्तिले चरम यातना भोगी ऊ मरिसकेको छ भन्ने त्यो नै चिकित्सा सङ्केत हो ।
सिपाहीहरुले आफ्नो कार्य ज्यादै पूर्णताका साथ गरेका थिए । आफ्नो कार्य ठीकसित नगर्ने रोमी सिपाहरुलाई कडा सजाय दिइन्थ्यो । यदि मृत्यु दण्ड ठीकसित नगरिएको भए,सायद सिपाहीहरु मारिन्थे होलान् । त्यसकारण, रोमी क्रूसीकरणदेखि बाँचेका मानिसहरुको कुनै ज्ञात घटनाहरु छैनन् ।
येशूलाई कपडाले बेह्रेर चिहानमा बन्द गरी राखियो
उहाँको क्रूसीकरणपछि, येशूलाई अर्मथियाको योसेफद्वारा चिहानमा राखियो, अनि उनीहरुले उहाँको शरीरमा सुगन्धित मलम घसे । त्यस समयमा, मृतकलाई करिब १३ किलो ६० ग्रामजति सिमेन्टजस्तो मलम लगाएर कपडाले बेर्ने चलन थियो । येशूलाई यसो गरिएको थियो भन्ने कुरा यूहन्ना १९:३९ मा पढ्न पाइन्छ । उहाँको कपडामा उहाँको अनुहारको घाउ थियो । चिहान ठूलो अनि अत्यन्तै ठूलो ढुङ्गोले बन्द गरिएको थियो । कुनै खाना वा पानीविना, कुनै पनि स्वस्थ व्यक्तिको लागि यस्तो अवस्थमा बाँच्नु भनेको अघिनै गाह्रो भइसक्ने कुरा थियो । चरम यातना भोगेर, क्रूसमा टाँगिएर अनि कपडामा बेरिएर बाँच्नु कुनै पनि व्यक्तिको लागि बिलकुलै असम्भव हुन्छ ।
येशूले मृतकदेखि पुनरुत्थान हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो । त्यसकारण, उहाँका शत्रुहरुले रोमी सिपाहीहरुलाई चिहानमा पाले बस्न लगाएका थिए । रोमी सिपाहीहरुको एउटा टोली चिहानको सामुन्ने पहरा बस्यो (मत्ती २७:६३-६६ )
अर्को उल्लेखनीय तथ्यचाहिँ येशूलाई उहाँका चेलाहरुले गाडेका थिएनन् । बरु, अर्मथियका योसेफले आफ्नो चट्टानमा खोपेको चिहान उपलब्ध गरे । योसेफ महत्त्वपूर्ण व्यक्ति थिए, सायद उनी न्यायधीश र महासभाको सदस्य थिए । येशूको दोषारोपणको निम्ति महासभा पनि जिम्मेवार थियो । तर योसेफ निकै लामो समयदेखि येशूका गोप्य अनुयायी थिए ।
स्त्रीहरुद्वारा पहिला देखे
जब येशू पुनरुत्थान हुनुभयो, उहाँलाई पहिला देख्ने स्त्रीहरु धेरै थिए । ती दिनहरुमा, स्त्रीहरुलाई खासै विश्वास गरिन्नथ्यो । यदि सुमाचारका लेखकहरुले पुनरुत्थान बारे उल्लेख गरेका भए, उनीहरुले आफ्ना वृत्तान्तमा पुरुषहरु चुन्नेथिए । त्यस कुराले उनीहरुका कथाहरुलाई अझ बढी विश्वसनीय तुल्याउनेथियो ।
उहाँका चेलाहरु सुसमाचारका निम्ति मर्न तम्तयार भए
येशू स्वर्ग जानुभएपछि येशूका चेलाहरुले सारा संसारभरि यात्रा गरे । उनीहरु जहाँ-जहाँ पुगे, उनीहरुले येशूको मृत्यु र पुनरुत्थानद्वारा परमेश्वरसित मिलाप बारे सुसमाचार बाँड्दै हिँडे । उहाँका धेरै चेलाहरु आफूले प्रचार गरेको सन्देशको कारण जेलमा कोचिए, यातना दिइए, र मारिए । यदि यो सन्देश झूटहरुमा आधारित भइदिएको भए, उहाँका धेरै चेलाहरुमा शङ्का हुनेथियो र निश्चित रुपमा यस सन्देशको निम्ति आफ्नो जीवन अर्पण गर्ने थिएनन् । आज पनि, अरु मानिसहरुलाई येशूको सुसमाचार बाँड्न नछोडेकोमा येशूका हजारौं चेलाहरुलाई मारिँदैछन् ।
यदि येशू ख्रीष्ट स्वयम क्रूसमा मर्नुभएको होइन भनेर शङ्काहरु भएको भए, यति धेरै मानिसहरुको भीडले उहाँको मृत्युद्वारा पापहरुको क्षमादान र अनन्त जीवन प्राप्त गर्न सकिन्छ भनी विश्वास किन गरेका होलान् भनी व्याख्या गर्न गाह्रो देखिन्छ । येशू ख्रीष्ट क्रूसमा मर्नुभएको र पुनर्जीवित हुनुभएको भनेर यदि त्यस बेला कुनै शङ्काहरु भइदिएको भए, यति धेरै मानिसहरुले यस सन्देशको प्रतिरक्षाको निम्ति आफ्नो जीवन किन जोखिममा पारे होलान् भनी बताउनु कठिन हुन्छ ।
येशू क्रूसमा मर्नुभयो भनेर लगभग सबै इतिहासकारहरु सहमत छन् । येशू क्रूसमा मर्नुभयो भनेर इतिहासले जवाफ दिँदैन । यस बारेमा अध्याय ८ मा थप पढ्नुहोस् ।
के कोही क्रूसमा मरेको थियो त ?
तलका लेखहरुमा उहाँको क्रूसीकरणको अघि येशूलाई अरु कोहीसित साटियो र परमेश्वर मर्न सक्नुहुन्छ र भन्ने प्रश्नहरु बारेका उत्तर मिल्नेछ ।
यदि तपाईं यस पृष्ठको वेबसाइटमा प्रवेश गर्नुभयो भने, मुख्य कथाको अध्याय १ मा जानुहोस् ।
[1]
.