तपाईंको इमान्दार जवाफको निम्ति धन्यवाद !

सत्यको खोजीमा लागिरहनुहोस् भनी म तपाईंलाई उत्साह दिन चाहन्छु । बाइबलमा सत्य  पाउन सक्छु कि भनेर पत्ता लगाउनुको निम्ति बाइबल पढ्नुहोस् । यूहन्‍नाको सुसमाचारचाहिँ  बाइबलद्वारा खोजयात्राको राम्रो सुरुवात हो । अनलाइन बाइबलहरु प्राय सबै भाषाहरुमा उपलब्ध छन् । तपाईंले परमेश्वर बारेको सत्यता थाहा पाउनु अघि तपाईंको खोज कार्य अन्त्य नहोस् ।

यदि तपाईंले आफ्नो छिमेक वा आसपास क्रिश्चियनहरु चिन्‍नुभएको छ भने, तपाईंका आफ्ना प्रश्‍नहरु बारे उनीहरुसित कुराकानी गर्ने प्रयास गर्नुहोस् ।

येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन। यूहन्ना १४: ६

परमेश्वरलाई आफ्ना प्रश्‍नहरु राख्‍नुहोस् ।

तपाईंले परमेश्वरलाई  आफ्ना प्रश्‍नहरु राख्‍न र आफ्ना शङ्काहरु व्यक्त गर्न सक्नुहुन्छ । उहाँले मेरा कुराहरु सुन्‍नुहुन्छ भनेर तपाईंले भरोसा गर्न सक्नुहुन्छ ।

 यदि तपाईं निराश हुनुहुन्छ वा तपाईंका कुनै शङ्काहरु छन् भने,  आफ्ना प्रश्‍न र चिन्ताका विषयहरु बारे परमेश्वरलाई बताउनुहोस् । उपयुक्त समय आएपछि उहाँले तपाईंलाई जवाफ दिनुहुनेछ । तपाईंले साँचो हृदयले सत्यको खोजी गर्नुहुँदा जे परिणाम देख्‍नुहुन्छ सो  तपाईं देखेर अचम्मित हुनुहुनेछ । म आशा गर्दछु, तपाईंले सत्य पत्ता लगाउनुहुनेछ र परमेश्वरले मलाई प्रेम गर्नुहुँदो रहेछ साथै मसित सम्बन्ध स्थापित गर्न चाहनु हुनेरहेछ भन्‍ने कुरा पनि थाहा पाउनु हुनेछ । उहाँले आफ्नो क्षमादानको उपहार तपाईंले स्वीकार गरोस् भनी तपाईंलाई पर्खिरहनुभएको छ ।

तपाईंका अझै पनि प्रश्‍नहरु हुन सक्छन् । तपाईंलाई फेरि पनि वेबसाइटमा स्वागत छ ! तपाईंको सुन्दर जीवन र परमेश्वरमा सुन्दर भविष्यको कामना गर्दछु !

तपाईंको आगमनको निम्ति धन्यवाद । म आशा गर्दछु, येशू ख्रीष्टमा विश्वास बारेका तपाईंका केही प्रश्‍नहरुको उत्तर आइसकेको छ, र विश्वासको बीउ तपाईंको हृदयमा बिजारोपण भइसकेको छ ।

यदि तपाईंका अझै अन्य प्रश्‍नहरु छन् वा अझै यस विषयमा पढ्न चाहनहुन्छ भने, तपाईंले यस पृष्ठको तल भएका लेखहरु पढ्न सक्‍नुहुन्छ ।

तपाईं च्याट मार्फत पनि हाम्रा अनलाइन टोलीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ (यदि तपाईंको देशमा च्याट उपलब्ध रहेछ भने  ।)

परमेश्वरको आशिष तपाईंमा होस् !

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका
बाइबल कसले लेखेको हो ?
स्वतन्त्र इच्छा कि भाग्य ?
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?
एउटै परमेश्वर, विभिन्‍न नामहरु ?