कुष्ठरोगीहरुको निम्ति सहायता
हामी भारतका विभिन्न शहरहरुमा भएका कुष्ठरोग सरोकार परियोजनाहरुलाई सहयोग गर्दछौं । भारतमा हाम्रा स्थानीय साझेदारहरूले हेरचाह गरिरहेका कुष्ठरोगबाट पीडित व्यक्तिहरू मध्ये एक जनाको बारेमा हामी छोटो कथा प्रस्तुत गर्न चाहन्छौं; ६५ वर्षीया तगडीबी नामकी एक महिला करिब ३० वर्षदेखि कुष्ठरोगबाट पीडित थिइन् । जब उनलाई कुष्ठरोग लागेको थाहा भयो, उनलाई उनको परिवारले अस्वीकार गरे र घरबाट निकालिदिए। घरविहीन व्यक्तिको रूपमा, तगडिबीले सडकमा भीख माग्न करिब आठ वर्ष बिताइन्। हालसालै हाम्रो टोलीलाई केही साथीहरूले उनको अवस्थाबारे जानकारी दिएका थिए। त्यतिबेला तगडिबीको अवस्था निकै नाजुक थियो । उनीसँग परिचय गराउने साथीहरूले तपाईंहरुले उनको हेरचाह गर्न सक्नुहुन्छ कि भनी सोधे नत्र उनी धेरै बाँच्दिनन् होला भनी बताए । त्यसैले हामीले उनलाई उनको हेरचाह…
शिक्षा परियोजना म्यानमार
म्यानमारमा हरेक वर्ष लगभग 20 विद्यार्थीहरूलाई तालिम दिने एउटा सानो स्कुललाई हामीले भेटी दिई सहायता गरिरहेका छौं। स्कुलमा पाठहरु पढाइ हुनुको अतिरिक्त, विद्यार्थीहरूले स्थानीय समुदायमा विभिन्न परियोजनाहरूमा पनि मद्दत गर्छन्। त्यहाँ, उनीहरु आफूले सिकेका कुराहरू बाँड्ने गर्छन् ताकि उनीहरूको ज्ञान बढ्न सकोस्। हामी नियमित रूपमा प्रशिक्षण टोलीबाट समाचार पत्र र फोटोहरू प्राप्त गर्छौं। साधारण अवस्थाहरुको बावजुद पनि उनीहरूले यसलाई उत्कृष्ठ बनाउँछन्। शैक्षिक वर्षको अवधिमा, विद्यार्थीहरूले विभिन्न कार्यहरूमा पनि सहयोग गर्छन्, जस्तै दाउरा भरिएको ट्रकबाट दाउरा झार्ने कार्य (माथि चित्र देखाइएको छ)। के तपाईं यस परियोजनालाई सहायता गर्न चाहनुहुन्छ ? थप विवरणको निम्ति दान पृष्ठमा जानुहोस् ।
बाढी राहत भारत
भारतमा बारम्बार बाढी आउने गर्छ, दर्जनौं गाउँहरु ध्वस्त हुन्छन्। वर्षा मौसममा थोरै समयमा पनि धेरै मात्रामा पानी पर्न सक्ने भएकोले नदीहरु र वरपरका क्षेत्रहरू बाढी थाम्न सक्दैनन् । सन २०१८ मा केरलामा ठूलो बाढी आएको थियो। त्यो बाढीलाई सन् १९२४ को ठूलो बाढीजस्तै विगत १०० वर्षको सबैभन्दा खराब मानिएको छ। बाढी र पहिरोले धेरै घरपरिवार र खेतबारीको ठूलो क्षेत्र डुबानमा पर्यो । ३७५ भन्दा बढी मानिसहरुले ज्यान गुमाए । बाढीको कारण आएका पहिरोहरुले ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाए । अनुमानित १२ लाख मानिसहरू अस्थायी टहराहरुमा थिए। ती टहराहरुमा खानेपानी र चिकित्सा सुविधा नहुँदा थप समस्याहरु उत्पन्न भएका थिए। कतिपय क्षेत्रहरुमा सडकहरु आवतजावत गर्न नसकिने भएकाले त्यस्ता समस्याहरु उत्पन्न भएका…