के बाइबल अझै पनि विश्वसनीय छ ?
बाइबल विश्वमा सबैभन्दा बढी पढिने पुस्तक हो र यसलाई २,५०० भन्दा भाषाहरुमा अनुवाद गरिएको छ । बाइबल १,००० वर्षभन्दा बढी समयावधिमा लेखिएको थियो । अन्तिम पुस्तकहरुचाहिँ लगभग २,००० वर्ष अघि लेखिएका थिए । बाइबल २,००० वर्ष पुरानो भए तापनि के हामी त्यस विषय-वस्तुमाथि अझै विश्वास गर्न सक्छौं ? के बाइबलको सन्देश अझै पनि सान्दर्भिक छ ? यस लेखमा, बाइबल अद्वितीय पुस्तक हुनुको कारण तपाईंले पत्ता लगाउनुहोस् म चाहन्छु । हामी बाइबलको विश्वसनीयतालाई नियाल्नेछौं । साथै, हामी केही रोचक विशेषताहरु र वैज्ञानिक रहस्यहरुमा गहिरिएर हेर्नेछौं । बाइबलले यति धेरै मानिसका जीवनहरुलाई परिवर्तन गरेका कारणहरु नियाल्दै टुङ्य्याउनेछौं । के तपाईं बाइबलको सबैभन्दा महत्त्वपूर्ण सन्देश जान्न चाहनुहुन्छ ? यदि तपाईं सत्य पत्ता लगाउन…
स्वतन्त्र इच्छा कि भाग्य ?
के हामीसित स्वतन्त्र इच्छा छ, कि आफैलाई मूर्ख तुल्याइरहेका छौं ? हामीले जे सोच्दछौं र जे गर्दछौं के ती हाम्रो दिमागका उपज हुन् ? वा हामीले गर्ने हरेक थोक हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा निर्देशित छन् ? हामीले के गर्नेछौं भनेर पूर्व योजना बनाउनु हुने सृष्टिकर्ता हुनुहुन्छ ? वा के हामी समस्यामा पर्दा जाँचिएका हुन्छौं ? के यो हाम्रो स्वतन्त्र इच्छा वा रमाइलो भ्रम हो ? सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्ने मानिसहरुले आफ्नो विचार र कार्य बारे अर्कै परिभाषा खोज्दछन्। यदि तपाईंले पदार्थबाहेक केही छैन भनी विश्वास गर्नुहुन्छ भने, तब तपाईंका कार्यहरु हाम्रो मस्तिष्कका रसायनिक प्रक्रियाहरुद्वारा उत्प्रेरित भएको हुनुपर्दछ । हाम्रो मस्तिष्कले हामीलाई प्रस्तुत गरिएको उत्तेजना र हाम्रो शरीरको मागअनुसार प्रतिक्रिया गर्दछ…
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्नुहुन्छ ?
यदि हामी सृष्टिकर्ताद्वारा बनाइएका हौं भने, के उहाँले हाम्रो कुरालाई ध्यान दिनु हुन्छ? उहाँसित हामीले जोडले बोल्दा वा मनमनै बोल्दाखेरि के उहाँले सुन्नुहुन्छ ? यस वेबसाइटको “सत्यको खोज” मा तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा जान्न सक्नुहुन्छ । तपाईंले त्यहाँ उहाँका विशेषताहरु बारे पनि अझ धेरै पढ्न पाउन सक्नुहुन्छ । उहाँको एउटा विशेषता भनेको प्रेम हो । उहाँले हामीलाई अरुहरुलाई प्रेम गर्ने क्षमता दिनुभएको छ, तर उहाँले पनि हामीलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईं र मलाई जब प्रेम गर्नुहुन्छ, उहाँले हाम्रो विषयमा पनि वास्ता गर्नुहुन्छ भन्ने कुरा स्वाभाविक हो । हामी हाम्रा सृष्टिकर्तालाई देख्न सक्तैनौं । आखिर, उहाँ आत्मिक व्यक्तित्व हुनुहुन्छ । यधपि, उहाँ सबैतिर उपस्थित हुनुहुन्छ । हामी के गर्दछौं, …
एउटै परमेश्वर, विभिन्न नामहरु ?
के हामी सबैले एउटै परमेश्वर पुज्दछौं र ? धेरै मानिसहरुले हामी सबैले एउटै परमेश्वरलाई पुज्दछौं भनी विश्वास गर्दछन् । मुहम्मदले आदम, अब्राहाम, मोशा र येशूलाई पठाउनुहुने उही परमेश्वरको बारेमा चर्चा गरिरहेको छु भनी बारबार बताएका थिए । के मुस्लिमहरु,क्रिश्चियनहरु, हिन्दुहरु र बौद्दिस्टहरु साथै अन्य धार्मिक मानिसहरुले उही एउटै परमेश्वरलाई फरक-फरक तरिकाले पुज्दछन् त ? हामी हाम्रा सृष्टिकर्तालाई देख्न सक्तैनौं । यधपि, के हामी उहाँ उहाँका गुणहरुको बारेमा अझै थाहा पाउन सक्तैनौं र ? विभिन्न किसिमका हजारौं धर्महरु आफूले सृष्टिकर्ताको सही रुप प्राप्त गरेका छौ भनी विश्वस्त छन् । त्यसैले, उहाँको वास्तविक स्वरुप के हो त भनेर हामीले कसरी पत्ता लगाउनु सक्छौं ? कि, सबै धर्महरुले सत्यताको हिस्सा झल्काउँछन् त ?…
बाइबल कसले लेखेको हो ?
बाइबल ४० विभिन्न लेखकहरुद्वारा लेखिएको थियो । उनीहरु राजाहरु, किसानहरु, दार्शनिकहरु, माझीहरु, कविहरु, सङ्गीतकारहरु, चिकित्सकहरु, शिक्षकहरु, राजनेताहरु, वकिलहरु र गोठालाहरु थिए । बाइबल लेख्न १,००० भन्दा बढी समय लागेका थिए । यति लामो अवधि लागे तापनि बाइबलको विषय-वस्तु एकसमान रहेको पाइन्छ । बाइबलको दोस्रो र अन्तिम भागचाहिँ लगभग २,००० वर्षअघि लेखिएको थियो । यधपि, बाइबलको सन्देश सान्दर्भिक र विश्वसनीय छ । कोही व्यक्तिहरु ठान्छन्-अब विश्वसनीय छैन। आखिर, बाइबल धेरै पहिले लेखिएको थियो, र मौलिक पाण्डुलिपिहरु अहिले अस्तित्वमा छैनन् । यस पृष्ठको तलको लेख पढेर बाइबल किन अझै पनि विश्वसनीय छ भनी पत्ता लगाउन सक्नुहुन्छ । परमेश्वरको वचन परमेश्वरले बाइबलभरि मानिसहरुप्रति आफ्नो प्रेम प्रकट गर्न चाहनुहुन्छ । उहाँले आफ्नो योजना शताब्दियौंदेखि…
येशूको जीवन
येशू ख्रीष्ट २००० वर्ष अघि इस्राएलमा जन्मनुभयो । यो कुरा तपाईंले बाइबलमा पढ्न सक्नुहुन्छ, उदाहरणको निम्ति लूकाको सुसमाचारमा । शताब्दियौअघि, मुक्तिदाताको आगमन बारे विभिन्न अगमवक्ताहरुले घोषणा गरेका थिए । उहाँको जन्म येशू संसारमा आउनुभयो । येशू अरु मानिसजस्तै आमाद्वारा जन्मनुभयो । तर उहाँ र अरु बीच ठूलो भिन्नता थियो । उहाँकी आमा मरियम मानिसद्वारा गर्भवती हुनुभएको थिएन । उहाँ परमेश्वरको पवित्र आत्माद्वारा गर्भवती हुनुभयो । त्यो ईश्वर र मानवको अद्वितीय सङ्गम थियो । उहाँलाई येशू (जसको अर्थ मुक्तिदाता हुन्छ) नाम दिइयो र उहाँलाई परमेश्वरको पुत्र पनि भनियो । येशू बेथलेहेमको गाउँमा जन्मनुभयो र नासरतमा हुर्कनुभयो । उहाँ सामान्य परिवारमा हुर्कनुभयो र उहाँको पार्थिव पिता सिकर्मी थिए ( लूका १ र…
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
येशू ख्रीष्ट असल व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्ने मानिसहरु धेरै छन् । अरुहरुले चाहिँ येशूलाई अगमवक्ता ठान्छन् । के येशू अगमवक्ता हुनुहुन्थ्यो त ? वा उहाँ अगमवक्ताभन्दा बढी हुनुहुन्थ्यो भन्ने सङ्केतहरु छन् ? खासमा अगमवक्ता भनेको के हो ? अगमवक्ता भनेको परमेश्वरको पक्षमा मानिसहरुसित बोल्ने मानिस हो । अगमवक्ताले मानिसहरुलाई परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा बताउँछ र उहाँको इच्छा पालन गर्न आह्वान गर्दछ । प्रायः अगमवक्ताले मानिसहरुलाई उनीहरुका खराब कार्यका परिणामहरु बारे चेताउनी दिन्छ । अगमवक्ताले भविष्यमा हुने घटनाहरु पनि घोषणा गर्नेछ । अगमवक्ताहरुको सन्देशमा सधैं आशाको सन्देश हुन्छ। सन्देशमा प्रायः पापपूर्ण व्यवहारलाई रोक्न र परमेश्वरले चाहनुभएअनुसार जीवन बिताउनको लागि आह्वान गरिएको हुन्छ । अगमवक्ताको सन्देशलाई प्रायः उत्साहपूर्वक ग्रहण गरिएन…
के परमेश्वरको पुत्र हुन सक्छ ?
यस वेबसाइटमा, हामी सत्यको खोजी गर्दछौं । हाम्रो खोजमा, यस बारे बाइबलले के भन्दछ भन्ने बारे दोहोर्याएर हेर्नेछौं । बाइबलले “परमेश्वरको पुत्र” बारेमा प्रायः उल्लेख गरेको पाइन्छ । मलाई थाहा छ, धेरै मुस्लिमहरुलाई यो अभिव्यक्तिसित समस्या हुन्छ । यस लेखमा, म केही गलत बुझाइहरुलाई स्पष्ट पार्न र “परमेश्वरको पुत्र” वाक्यांश बारे बारम्बार सोधिने प्रश्नहरुको उत्तर दिने कोसिस गर्नेछु। मैले स्पष्ट पार्न चाहेको पहिलो गलत बुझाइ भनेको केही मानिसहरुले परमेश्वरले मरियमसँग शारीरिक सम्पर्क राख्नुभयो होला भनी कल्पना गर्ने गर्दछन् । यधपि, परमेश्वर र मरियम बीच यौन सम्बन्ध र विवाह थिएन । परमेश्वरको आत्माद्वारा कन्या मरियम गर्भवती भइन् । म यही लेखमा यस बारेमा अलिक बढी चर्चा गर्नेछु । यदि बाइबलको सन्देश…
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
येशू ख्रीष्ट क्रूसमा साँच्चै मर्नुभएको थियो त भनेर केही मानिसहरुमा शङ्का छ । धेरै इस्लामिक शिक्षकहरुले येशू क्रूसमा मर्नुभयो भन्ने कुरा अस्वीकार गर्दछन् । उनीहरुले कुरानको व्याख्या गर्न जटिल पदको आधारमा त्यस अस्वीकारलाई आधारित तुल्याएका हुन्छन् (सुरात-एन-निसा ४:१५७) । यस पोस्टमा, येशूको निम्ति क्रूसीकरणमा बाँच्न असम्भव हुनुको कारणको रुपमा म केही महत्त्वपूर्ण तथ्यहरु प्रस्तुत गर्नेछु । केही मानिसहरुले अरु कोही नै क्रूसमा मरेको थियो भनेर पनि दावी गर्दछन् । यो त्यसो होइन भन्ने कुरा तपाईंले “ के अरु कोही क्रूसमा टाँगिएको थियो?” भन्ने पोस्टमा पढ्न सक्नुहुन्छ । उहाँलाई चरम यातना दिई ज्यादै कमजोर बनाइएको थियो मत्ती, मर्कूस, लूका र यूहन्नाका सुसमाचारहरु (इन्जिल)ले येशूको स्वीकारोक्ति र क्रूसीकरण बारे विस्तृत रुपमा वर्णन…
के परमेश्वर मर्न सक्नुहुन्छ ?
बाइबलमा येशू ख्रीष्टको बारेमा कुरा बताइएको छ । उहाँ मानवको रुपमा पृथ्वीमा आउनुभएको स्वयम परमेश्वर हुनुहुन्छ । उहाँ हाम्रा पापहरुको दण्ड भोग्नको निम्ति मर्नुभयो । आफ्नो पापमय व्यवहारको लागि पश्चाताप गर्ने र येशू ख्रीष्ट ती पापहरुको निम्ति मर्नुभयो भनी विश्वास गर्ने हरेक व्यक्तिले यस्तो बोझहरु आफै बोकिरहनु पर्दैन । येशूको मृत्युको कारणले, परमेश्वरद्वारा क्षमादान सम्भव भएको छ । तर परमेश्वरको निम्ति मर्नु कसरी सम्भव हुन सक्थ्यो ? यस बीचमा कसले ब्रह्माण्ड सञ्चालन गरिरहेको हुन्छ ? यस प्रश्नको जवाफ परमेश्वरको अस्तित्वमा पाइन्छ । बाइबलले परमेश्वरका तीन व्यक्तित्वको वर्णन गर्दछ । यस पृष्ठको अन्तमा यस लेखबाट यो विषयमा अझ धेरै जान्न सक्नुहुन्छ । परमेश्वर एक हुनुहुन्छ, तर एकै समयमा उहाँ तीन…