• blank

    येशूको जीवन

    येशू ख्रीष्ट २००० वर्ष अघि इस्राएलमा जन्मनुभयो  ।  यो कुरा तपाईंले बाइबलमा पढ्न सक्‍नुहुन्छ, उदाहरणको निम्ति लूकाको सुसमाचारमा ।  शताब्दियौअघि, मुक्तिदाताको आगमन बारे विभिन्‍न अगमवक्ताहरुले घोषणा गरेका थिए । उहाँको जन्म येशू संसारमा आउनुभयो । येशू अरु मानिसजस्तै आमाद्वारा जन्मनुभयो । तर  उहाँ र अरु बीच ठूलो भिन्‍नता थियो । उहाँकी आमा मरियम मानिसद्वारा गर्भवती हुनुभएको थिएन  । उहाँ परमेश्वरको पवित्र आत्माद्वारा गर्भवती हुनुभयो  । त्यो ईश्वर र मानवको अद्वितीय सङ्गम थियो । उहाँलाई येशू (जसको अर्थ मुक्तिदाता हुन्छ) नाम दिइयो र उहाँलाई परमेश्वरको पुत्र पनि भनियो । येशू बेथलेहेमको गाउँमा जन्मनुभयो  र नासरतमा हुर्कनुभयो । उहाँ सामान्य परिवारमा हुर्कनुभयो र उहाँको पार्थिव पिता सिकर्मी थिए ( लूका १ र…

  • blank

    के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?

    येशू ख्रीष्ट असल व्यक्ति हुनुहुन्छ भनी विश्वास गर्ने मानिसहरु धेरै छन् । अरुहरुले चाहिँ येशूलाई अगमवक्ता ठान्छन् । के येशू अगमवक्ता हुनुहुन्थ्यो त ?  वा उहाँ अगमवक्ताभन्दा बढी हुनुहुन्थ्यो भन्‍ने सङ्केतहरु छन् ? खासमा अगमवक्ता भनेको के हो ? अगमवक्ता भनेको परमेश्वरको पक्षमा मानिसहरुसित बोल्ने मानिस हो । अगमवक्ताले मानिसहरुलाई परमेश्वर के चाहनुहुन्छ भन्‍ने कुरा बताउँछ र उहाँको इच्छा पालन गर्न आह्वान गर्दछ । प्रायः अगमवक्ताले मानिसहरुलाई उनीहरुका खराब कार्यका परिणामहरु बारे  चेताउनी दिन्छ । अगमवक्ताले भविष्यमा हुने घटनाहरु पनि घोषणा गर्नेछ । अगमवक्ताहरुको सन्देशमा सधैं आशाको सन्देश हुन्छ। सन्देशमा प्रायः पापपूर्ण व्यवहारलाई रोक्‍न र  परमेश्वरले चाहनुभएअनुसार जीवन बिताउनको लागि आह्वान गरिएको हुन्छ । अगमवक्ताको सन्देशलाई प्रायः उत्साहपूर्वक ग्रहण गरिएन…

  • blank

    के परमेश्वरको पुत्र हुन सक्छ ?

    यस वेबसाइटमा,  हामी सत्यको खोजी गर्दछौं । हाम्रो खोजमा, यस बारे बाइबलले के भन्दछ भन्‍ने बारे दोहोर्‍याएर हेर्नेछौं  । बाइबलले “परमेश्वरको पुत्र” बारेमा प्रायः उल्लेख गरेको पाइन्छ । मलाई थाहा छ, धेरै मुस्लिमहरुलाई यो अभिव्यक्तिसित समस्या हुन्छ । यस लेखमा, म केही गलत बुझाइहरुलाई स्पष्ट पार्न र “परमेश्वरको पुत्र” वाक्यांश बारे बारम्बार सोधिने प्रश्‍नहरुको उत्तर दिने कोसिस गर्नेछु। मैले स्पष्ट पार्न चाहेको पहिलो गलत बुझाइ भनेको केही मानिसहरुले परमेश्वरले मरियमसँग शारीरिक सम्पर्क राख्‍नुभयो होला भनी कल्पना गर्ने गर्दछन् । यधपि, परमेश्वर र मरियम बीच यौन सम्बन्ध र विवाह थिएन । परमेश्वरको आत्माद्वारा कन्या मरियम गर्भवती भइन् । म यही लेखमा यस बारेमा अलिक बढी चर्चा गर्नेछु । यदि बाइबलको सन्देश…

  • blank

    के येशू साँच्चै क्रूसमा मर्नुभयो ?

    येशू ख्रीष्ट क्रूसमा साँच्चै मर्नुभएको थियो त भनेर केही मानिसहरुमा शङ्का छ । धेरै इस्लामिक शिक्षकहरुले येशू क्रूसमा मर्नुभयो भन्‍ने कुरा अस्वीकार गर्दछन् । उनीहरुले कुरानको व्याख्या गर्न जटिल  पदको आधारमा त्यस अस्वीकारलाई आधारित तुल्याएका हुन्छन् (सुरात-एन-निसा ४:१५७) । यस पोस्टमा, येशूको निम्ति क्रूसीकरणमा बाँच्‍न असम्भव हुनुको कारणको रुपमा म केही महत्त्वपूर्ण तथ्यहरु प्रस्तुत गर्नेछु । केही मानिसहरुले अरु कोही नै क्रूसमा मरेको थियो भनेर पनि दावी गर्दछन् । यो त्यसो होइन भन्‍ने कुरा तपाईंले “ के अरु कोही क्रूसमा टाँगिएको थियो?” भन्‍ने पोस्टमा पढ्न सक्‍नुहुन्छ । उहाँलाई चरम यातना दिई ज्यादै कमजोर बनाइएको थियो मत्ती, मर्कूस, लूका र यूहन्‍नाका सुसमाचारहरु (इन्जिल)ले येशूको स्वीकारोक्ति र क्रूसीकरण बारे विस्तृत रुपमा वर्णन…

  • blank

    के परमेश्वर मर्न सक्‍नुहुन्छ ?

    बाइबलमा येशू ख्रीष्टको बारेमा कुरा बताइएको छ । उहाँ मानवको रुपमा पृथ्वीमा आउनुभएको स्वयम परमेश्वर हुनुहुन्छ । उहाँ हाम्रा पापहरुको दण्ड भोग्‍नको निम्ति मर्नुभयो  । आफ्नो पापमय व्यवहारको लागि पश्चाताप गर्ने र येशू ख्रीष्ट ती पापहरुको निम्ति मर्नुभयो भनी विश्वास गर्ने हरेक व्यक्तिले यस्तो बोझहरु आफै बोकिरहनु पर्दैन । येशूको मृत्युको कारणले, परमेश्वरद्वारा क्षमादान सम्भव भएको छ । तर परमेश्वरको निम्ति मर्नु कसरी सम्भव हुन सक्थ्यो ? यस बीचमा कसले ब्रह्माण्ड सञ्‍चालन गरिरहेको हुन्छ ? यस प्रश्‍नको जवाफ परमेश्वरको अस्तित्वमा पाइन्छ । बाइबलले परमेश्वरका तीन व्यक्तित्वको वर्णन गर्दछ । यस पृष्ठको अन्तमा यस लेखबाट यो विषयमा अझ धेरै जान्‍न सक्‍नुहुन्छ ।   परमेश्वर एक हुनुहुन्छ, तर एकै समयमा उहाँ तीन…

  • blank

    के अरु नै कोही क्रूसमा मरेको थियो ?

    येशू ख्रीष्टको सट्टामा क्रूसमा अरु कोही मरिदिएको थियो भनेर विश्वास गर्ने केही मानिसहरु छन् । कसै-कसैले येशूलाई धोका दिने चेला यहूदा मरेको थियो भन्छन् । अरु कसैले चाहिँ रोमीहरुले येशूको निम्ति क्रूस बोक्‍न लगाइएको साइरेनीको सिमोन थियो भन्छन् । समान देखिने व्यक्ति ? कुरानको पद अनुसार (सुरा ४:१५७), येशूको ठाउँमा उस्तै देखिने व्यक्ति राखियो होला भनेर तर्क दिइन्छ । परमेश्वरले येशूको ठाउँमा अरु नै कोही व्यक्ति किन राख्‍नु पर्थ्यो र? भन्‍ने यस सन्दर्भको अत्यन्तै महत्त्वपूर्ण प्रश्‍न हो । सम्पूर्ण बाइबलले मुक्तिदाताको आगमनलाई औंल्याउँदछ ।  सुसमाचारका पुस्तकहरु र उहाँका चेलाहरुका प्रत्यक्ष साक्षी विवरणहरुले येशू पृथ्वीमा आउनुको कारण स्पष्ट रुपमा बताएका छन्: हाम्रा सारा पापहरुको सट्टामा मर्नको निम्ति । त्यसो भए, परमेश्वरले…

  • blank

    के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?

    बाइबलले पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर गरी परमेश्वरका तीन प्रकटिकरणहरु बारे उल्लेख गर्दछ । यधपि, परमेश्वर एक मात्रै हुनुहुन्छ भनेर पनि बाइबलले स्पष्ट पार्दछ । उहाँ एक अस्तित्व र तीन व्यक्तित्व हुनुहुन्छ ।  यो कुरा हाम्रो निम्ति कल्पना बाहिर छ । यस अवधारणाको निम्ति, हामी प्रायः “त्रिएक” शब्द चलाउँछौं । यो शब्द बाइबलमा छैन । यो शब्द परमेश्वरका तीन व्यक्तित्वहरु अभिव्यक्त गरिने शब्द हो । परमेश्वरको महानता र जटिलतालई कहिल्यै पूर्ण रुपमा हामी कसैद्वारा बुझ्‍न सकिंदैन तापनि उहाँका केही विशेषताहरु भने बाइबलबाट पत्ता लगाउन सक्छौं । येशूकी आमा मरियम पनि त्रिएकको हिस्सा हो भन्‍ने कसै-कसैको धारणा हुन सक्छ, तर त्यो सोचाइ गलत हो। त्रिएक परमेश्वरमा पिता परमेश्वर,…

  • blank

    परमेश्वरसित कुराकानी गर्ने तरिका

    प्रार्थना परमेश्वरसित  कुराकानी गर्ने कार्य हो; यो तपाईंको हृदयको कुराकानी हुन सक्छ । परमेश्वर हामीसँग सम्बन्ध खोज्‍नुहुन्छ ।  त्यसकारण, परमेश्वरले तपाईंलाई प्रेम गर्नु भएकोमा तपाईं कति आभारी  हुनुहुन्छ सो उहाँलाई बताउन सक्‍नुहुन्छ । उहाँले तपाईंलाई जे दिनुभएको सो कुराको निम्ति उहाँप्रति धन्यवादी हुन सक्‍नुहुन्छ ।  तपाईंलाई चिन्तित तुल्याउने कुराहरु पनि उहाँलाई बताउन सक्‍नुहुन्छ । तपाईंले मीठा शब्दहरु वा वाक्यांशहरु प्रयोग गर्नु वा तपाईंका शब्दहरु दोहोर्‍यानु पर्दैन । परमेश्वरलाई अघि नै तपाईंका खाँचाहरु थाहा हुन्छ । उहाँले तपाईंको हृदयादेखिको साँचो प्रार्थना चाहिरहनुभएको हुन्छ । उहाँसित इमानदार हुनुहोस्; आखिरमा, उहाँलाई तपाईंको बारेमा अघि नै सबै कुरा थाहा हुन्छ। तपाईंले प्रार्थना कसरी गर्न सक्‍नुहुन्छ सो बारे येशू स्वयमले एउटा नमूना प्रस्तुत गर्नुभयो; ‘हे…