blank

अध्याय ९~तपाईंको निर्णय के होला ?

अब त तपाईंले आफ्नो जीवनशैलीका परिणामहरु बारे बुझिसक्‍नु भएको हुनेछ ।  के तपाईं परमेश्चरको प्रेमप्रति प्रत्युत्तर जनाउन चाहनुहुन्छ ? यदि तपाईंले परमेश्वर र अन्य मानिसहरुलाई चोट पुर्‍याउनुभएका कुराको साँचो रुपमा पश्चाताप गर्नुहुन्छ, र मेरो निम्ति क्रूसमा मर्नुहुने येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ भने, परमेश्वरले तपाईंका पापहरु क्षमा गरिदिनुहुनेछ । त्यसपछि परमेश्वरसितको मित्रतामा कुनै बाधा आउँदैन । अझै सम्बन्ध सुमधुर हुँदै जानेछ । तपाईंलाई परमेश्वरको पुत्रको रुपमा स्वीकार गरिनेछ !

तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्‍छाद्वारा, र कुनै मान्‍छेको इच्‍छाद्वारा होइन तर परमेश्‍वरबाट जन्‍मिएका हुन्‍छन्‌। यूहन्ना १:१२-१३

सारा जगतको निम्ति यो परमेश्वरको मुक्तिको योजना थियो भनेर सायद तपाईं विश्वास गर्नुहुन्‍न होला । तर उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ भनी विश्वास दिलाउन परमेश्वरले अरु के गर्नुपर्थ्यो र ?

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” मत्ती ११:२८-३०

तपाईंको निर्णय के होला ?

के तपाईं आफूलाई जे मन पर्छ वा तपाईंलाई महत्त्वपूर्ण लाग्छ त्यही गरिरहनुहुन्छ ? सृष्टिकर्ताले तपाईंलाई जुन उद्देश्यले बनाउनुभयो सो कुरा विचार नगरी जिउन चाहनुहुन्छ? यो कुरा संभव छ । तर यसले तपाईंको भविष्य  अर्थात परमेश्वरविनाको भविष्य निर्धारण गर्नेछ । जीवनमा तपाईंको आफ्नो निर्णय र व्यवहारका परिणामहरु भोग्दै अन्धकारको भविष्य हुनेछ  । अथवा, के तपाईं नयाँ जीवन सुरुवात गर्नको निम्ति यो अवसर ग्रहण गर्न चाहनुहुन्छ ? यो जीवन तपाईंले अहिले महसुस गर्न सक्नेभन्दा पनि अति महत्त्वपूर्ण र सुन्दर जीवन हो । यो जीवन परमेश्वरको परिवारको सदस्यको रुपको जीवन हो ।  यो जीवन परमेश्वरले असल पिताको रुपमा मेरो हेरचाह गर्नुहुनेछ भनी उहाँमा भर पर्न सकिने जीवन हो ।

यदि तपाईं आफ्नो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिने निर्णय गर्नुहुन्छ भने, उहाँले तपाईंलाई सहायता गर्नुहुनेछ ।  यसको अर्थ यो होइन कि तपाईंले फेरि कहिल्यै भूल गर्नुहुने छैन, तर यसको अर्थ तपाईंले ती भूलहरु परमेश्वरको सामु स्वीकार गर्न सक्नुहुन्छ र उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । परमेश्वरको सम्मान तपाईंको जीवनको केन्द्रबिन्दु बनोस् । परीक्षा रहिरहनेछ र तपाईंको शरीर अझै पनि नश्वर नै हुनेछ, तर तपाईंको आत्माको चाहिँ परमेश्वरमा अनन्त भविष्य हुनेछ  । म आशा गर्दछु, तपाईंले जीवन वास्तवमा के रहेछ भन्‍ने कुरा बुझिसक्नु भएको छ । जीवन भनेको सुन्दर घर, धेरै पैसा र राम्रो स्वास्थ्य पनि होइन । परमेश्वरसितको जीवन स्वतः आरामदायी जीवन होइन । जीवन अझै पनि चुनौती र छनोटहरुले भरिएकै हुन्छ । तर तपाईंलाई म कसको निम्ति खटिरहेको छु र उहाँले नै मलाई सहायता गर्नुहुनेछ भनी थाहा पाउनुचाहिँ ठूलो भिन्‍नता हो  । तपाईंको भविष्य परमेश्वरसितको जीवन र परमेश्वरको निम्तिको जीवन हो भन्‍ने कुरामा तपाईं निश्चित हुन सक्नुहुन्छ ।

र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं। म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌। रोमी ८:१७-१८

छनोट सजिलो छैन

मलाई आशा छ, परमेश्वरले तपाईंको निम्ति जे गर्नुभएको छ सो कुराले तपाईं प्रभावित हुनुभएको छ । अझै भन्‍नुपर्दा, परमेश्वरको मार्गअनुसार जिउनु र मेरो निम्ति उहाँ मर्नुभयो र बौरी उठनुभयो भनी स्वीकार गर्नुचाहिँ  सजिलो छनोट होइन । खासमा, अहिलेसम्‍म परमेश्वरको बारेमा तपाईंको भिन्‍न दृष्टिकोणको हकमा । खासमा, परमेश्वरको बारेमा सत्य थाहा नपाएका वा सत्य इन्कार गर्ने मानिसहरु बीच तपाईं जिइरहनु भएको हकमा ।

तब उहाँले आफ्‍ना चेलाहरूका साथमा भीड़लाई आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस मपछि लाग्‍ने इच्‍छा गर्दछ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्दछ, त्‍यसले त्‍यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्‍ति आफ्‍नो प्राण गुमाउनेले त्‍यो बचाउनेछ। किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ? मर्कूस ८:३४-३७

यदि तपाईंले परमेश्वरसितको जीवन रोज्‍नुहुन्छ भने, तपाईंले परिवर्तन हुनुपर्नेछ । तपाईंले मेरो सामर्थ्यमा मेरो पापमय जीवन छोड्न नसक्ने रहेछु भन्‍ने कुरा तपाईंले महसुस गर्नुपर्ने हुन्छ । तपाईंको आफ्नो मनमौजी जीवनको ओरालीदेखि बाहिर निस्कन परमेश्वर मलाई सहायता गर्न चाहनुहुन्छ भन्‍ने कुरा स्वीकार गर्नुपर्ने हुन्छ । मलाई बचाउन परमेश्वरले आफ्नो एक मात्रै पुत्र पठाउनुभयो भनी विश्वास गरी भरोसा गर्नु पर्ने हुन्छ । तपाईंले उहाँको परिवारको सदस्य बन्‍ने उहाँको प्रस्ताव तपाईंले स्वीकार गर्नुपर्ने हुन्छ ।

आफ्नै शोध गर्नुहोस्

निरुद्देश्य, गतिरोधपूर्ण जीवनबाट मैले उद्दार पाएको छु भनी म कसरी निश्चित भएँ सो बारे बताउन मैले आफ्नो कहानीबाट कोसिस गरें । बाइबल पढेर, परमेश्वर र उहाँको सत्यता बारे धेरैभन्दा धेरै थाहा पाउँदछु ।

मेरो दैनिक जीवनमा परमेश्वर नजिक हुनुभएको र मेरो कुरो सुनेर मलाई सहायता गर्न चाहनुहुने रहेछ भन्‍ने कुरा अक्सर देख्तछु। तथापि, चुनौती र समस्याहरु भने रहिरहन्छन् । मैले समाधान देख्‍न नसकेको अवस्थामा परमेश्वरले समाधान प्रआर्थिक सहयोगगर्नुहुन्छ । यदि तपाईंले उहाँलाई भरोसा गर्नुहुन्छ भने, उहाँ पनि मेरो नजिक हुनुहुँदोरहेछ र मलाई सहायता गर्नु चाहनुहुने रहेछ भनी थाहा पाउनु हुनेछ।

येशू स्वयम भन्‍नुहुन्छः

अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।” यूहन्‍ना ६:४४

यदि तपाईंले साँचो रुपमा सत्य खोजिरहनु भएको छ भने, प्रार्थना गर्नुहोस् र तपाईंसित हुन सक्‍ने कुनै पनि प्रश्‍नहरुको जवाफ दिन परमेश्वरसित बिन्ती गर्नुहोस् । सत्य थाहा पाउन उहाँसित सहायता माग्‍नुहोस् । तपाईंलाई आफ्नो निम्ति बाइबल पढ्न र उहाँ आफ्नो वचन (बाइबल) द्वारा पनि तपाईंको हृदयमा बोल्नुहुनेछ भनेर पत्ता लगाउन उत्साह दिन चाहनुहुन्छ ।

निर्णय गर्न नपखर्नुहोस् ।

म जे भन्छु सो गम्भीर रुपमा सोचेर निर्णय गर्नुहोस् । तपाईं उदासीनता देखाई आफ्नै किसिमले जीवन जिरहनु सक्नुहुन्छ । तर म आशा गर्दछु, तपाईंले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण निर्णय नगरी रहनु हुनेछैन । यो (अनन्त) जीवन र मृत्युको बीचको छनोट हो । 

तपाईंको जीवन छोटो छ ।  यदि तपाईंले धेरै लामो समयसम्म आफ्नो निर्णयलाई स्थगित गर्नुभयो भने, त्यो धेरै ढीला पनि हुन सक्छ । हरेक दिन १५०,००० मानिसहरु मर्दछन् । तपाईं पनि ढीलोचाँडो मर्नेहरुमध्ये एक हुनुहुनेछ । 

यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्‍यायको दिनसम्‍म दण्‍डमा जकड़िराख्‍न प्रभु जान्‍नुहुन्‍छ, विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌। २ पत्रुस २:९-१०

किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌। रोमी ३:२३

तपाईंलाई सृष्टि गर्नुहुनेमा भरोसा गर्नुहोस्

के तपाईं आफ्नो जीवनको सबै कुरा पक्रिराख्‍न छोडेर परमेश्वरमै भरोसा गर्न तयार हुनुहुन्छ ? के तपाईं आफ्नो जीवनमा परमेश्वरलाई सबैभन्दा बढी प्राथमिकता दिन तत्पर हुनुहुन्छ ? जीवनमा मात्रै होइन, हृदयमा पनि ?

के तपाईंलाई परमेश्वरले दण्डरहित छोड्न नसक्नु हुने जीवनमा धेरै खराब कार्यहरु गरेको छु भन्‍ने के महसुस भइरहेको छ ?   अनि, ती खराब कार्यहरु तपाईंले निःसन्देह गर्नु भएका ‘असल’ कार्यले  मेटिन सक्दैनन् ।

यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस् प्रेरित 3:19

के तपाईं परमेश्वरको प्रेमपूर्ण उपहार ग्रहण गर्न चाहनुहुन्छ ?  के तपाईं उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई मैले गरेका सारा चीजको निम्ति, मेरा सारा पाप-अपराधहरुको निम्ति मेरो सट्टामा मर्न यस संसारमा पठाउनु भयो भनेर विश्वास गर्नुहुन्छ ? परमेश्वरले मलाई क्षमा दिन र आफ्नो सन्तानको रुपमा ग्रहण गर्न चाहनुहुने रहेछ भनी के विश्वास गर्नुहुन्छ ?

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। यूहन्ना ३:१६

तपाईंले सबै थोक पूर्ण रुपमा बुझ्नु पर्छ भन्‍ने छैन । सबैभन्दा महत्त्वपूर्ण कुरो, तपाईंले परमेश्वरलाई विश्वास गर्न र उहाँलाई सारा आदर दिन चाहनु पर्छ । तपाईंले उहाँको पसारिएको बाहुली समात्‍न चाहनु पर्छ । यदि तपाईं आफ्नो जीवन परमेश्वरमा समर्पण गर्ने निर्णय गर्न चाहनुहुन्छ भने,तपाईंले सबैभन्दा महत्त्वपूर्ण निर्णय लिनु भएको हुनेछ ।

यसैकारण विश्‍वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। रोमी ५:१-२

आफ्ना बोझहरुदेखि मुक्त हुनुहोस्

तपाईंले आफ्नो सारा घमण्ड, डर, लत, निराशाका भावना, तनाव, थकान र चिन्ता उहाँकहाँ ल्याउन र उहाँको प्रेम र अनुग्रहमा समर्पण गर्न सक्नुहुनेछ ।

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” मत्ती ११:२८-३०

के तपाईं उहाँको क्षमादानको उपहार ग्रहण गरेर परमेश्वरसित र उहाँको खातिर नयाँ जीवन सुरुवात गर्न चाहनुहुन्छ ?  के तपाईं सदाको निम्ति परमेश्वरको परिवारको सदस्य हुन चाहनुहुन्छ ?

आजै निर्णय गर्नुहोस् !

.

.

येशूको जीवन
के येशू अगमवक्ताभन्दा ठूलो हुनुहुन्थ्यो ?
के परमेश्वरको पुत्र हुन सक्छ ?
के येशू साँच्चै क्रूसमा मर्नुभयो ?
के परमेश्वर मर्न सक्‍नुहुन्छ ?
के अरु नै कोही क्रूसमा मरेको थियो ?
के एउटै परमेश्वर ३ व्यक्तित्व हुन सक्‍नुहुन्छ र ?
परमेश्वरसित कुराकानी गर्ने तरिका
बाइबल कसले लेखेको हो ?
स्वतन्त्र इच्छा कि भाग्य ?
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?
एउटै परमेश्वर, विभिन्‍न नामहरु ?