blank

अध्याय ७~ आशा छ 

अध्याय ३ मा हामीले सृष्टिकर्ताका विविध विशेषताहरु पत्ता लगाएका थियौं । परमेश्वर सिर्जनशील र भरोसायोग्य सृष्टिकर्ता मात्रै हुनुहुन्‍न । उहाँ त प्रेम र सम्बन्धका सृष्टिकर्ता पनि हुनुहुन्छ । उहाँले प्रेम नगर्नुभएको प्रेम अस्तित्वमा हुनेथिएन ।

प्रेमको विपरीत अवस्था पनि छः प्रेमको अनुपस्थिति अर्थात तपाईंले अँध्यारोमा मात्रै उज्यालो देखेजस्तै । प्रेमविहीनता, घृणा र स्वार्थ पनि हुन्छ ।

परमेश्वरले हामीलाई आफ्नो प्रेम व्यक्त गर्न सृष्टि गर्नुभयो ।

परमेश्वर प्रेम हुनुहुन्छ र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । उहाँ हामीसित आफ्नो प्रेम बाँड्न चाहनुहुन्छ ।  उहाँले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ, कि उहाँ जिद्दी, विश्वासघात र विद्रोका शताब्दिहरु पछि पनि मानव जातिसँग अझै धिरज हुनुहुन्छ । हाम्रो व्यवहारको बाबजुद पनि उहाँ धिरज हुनुहुन्छ र हरेक व्यक्तिलाई उहाँको प्रेमप्रति प्रत्युत्तर जनाउन अवसर दिन चाहनुहुन्छ  ।

परमेश्वरले हामीलाई बनाउनुभयो, किनभने उहाँ हामीलाई प्रेम गर्नुहुन्छ । उहाँलाई आफ्नो सेवा गर्ने दासका रुपमा सहयोगी चाहिएकोले उहाँले प्रेम गर्नुभएको होइन । किन उहाँलाई हाम्रो जरूरी परेको हो त ?  उहाँले आफ्नो सृष्टिलाई प्रेम गर्नुहुन्छ र हामीसित आफ्नो प्रेम बाँड्न चाहनुहुन्छ  । हामीले सोचेभन्दा पनि बढी उहाँले प्रेम गर्नुहुन्छ ।

तर हामी विद्रोही छौं र परमेश्वरलाई अनादर गर्दछौं ।

पहिलो, तपाईंले आफ्नो परिस्थिति बुझ्‍न जरुरी हुन्छ । तपाईंले आफू अन्धकारमा जिइरहेको महसुस गर्नुहुन्छ ? कि परमेश्वरले तपाईंलाई त्यसरी प्रेम गर्न सक्नुहुन्‍न, किनकि उहाँले तपाईंका गल्तीहरु बेवास्ता गर्न सक्नुहुन्‍न ?  उहाँको अपमान भएको छ र हाम्रा कर्मले न्यायको माग गर्दछ । हामीले गरेको हरेक पटकको गल्तीले परमेश्वरको प्रेम र हामी बीच दूरी बढाउँछ । तर अझै आशा छ ! गल्ती गरेका छौं भनी महसुस गर्ने र आफ्नो गल्तीहरुको पश्‍चाताप गर्नेहरुलाई क्षमा दिन परमेश्वर तयार हुनुहुन्छ ।

यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ। 10यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्‍छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन। १ यूहन्ना १:९

परमेश्वर सम्बन्ध पुनर्स्थापना गर्न चाहनुहुन्छ । तर उहाँले कर लगाउनु हुँदैन । उहाँको प्रेम ग्रहण गर्न चाहने हरेक व्यक्तिको निम्ति उहाँ तयार हुनुहुन्छ ।

परमेश्वरको प्रेम कहिल्यै आर्जन गर्न नसकिने रहेछ भन्‍ने कुरा तपाईंले महसुस गर्नुपर्दछ । तपाईंले पश्‍चाताप गरेर र सुकार्य गरेर तपाईंले गर्नु भएको गल्तीको क्षतिपूर्ति गर्न सक्नुहुन्‍न । परमेश्वरले त्यस किसिमले तपाईंलाई क्षमा दिन सक्नुहुन्‍न, किनभने परमेश्वर प्रेमिलो मात्रै हुनुहुन्‍न,तर न्यायी पनि हुनुहुन्छ ।

आफ्नो नराम्रो कार्यको पश्चाताप र उहाँप्रतिको आदरको कमी पर्याप्त हुँदैन । तपाईंका जुन आफ्ना नराम्रा कार्यहरुले अरुहरुलाई हानी गर्नुभयो,  र आफ्ना नराम्रा व्यवहारले तपाईंको सृष्टिकर्तालाई चोट पुर्‍याउनु भयो र अनादर गर्नुभयो ती कार्यहरुको हकमा केही गरिनु पर्ने हुन्छ । हामीले एक दिन पनि परमेश्वरले चाहनु भएजस्तो जीवन कहिल्यै  जिउन सक्तैनौं भन्‍ने तथ्य बारे केही गरिनुपर्दछ । उहाँले हाम्रा गल्तीहरुलाई दण्डविहीन छोड्न सक्नुहुन्‍न भन्‍ने कुरा हामीले देखेका छौं । दण्डहीन छोड्नुले उहाँलाई अन्यायी र अविश्वसनीय तुल्याउनेछ ।  तपाईंको विद्रोही व्यवहारले गर्दा, तपाईं परमेश्वरको सामुन्‍ने जान सक्नुहुन्‍न । परमेश्वरदेखि झन टाढा भई तपाईं अनाथझैं बन्‍नुहुन्छ । तपाईंले यो कुरा खोक्रो र व्यर्थ जीवनको रुपमा अनुभव गर्न सक्नुहुनेछ । तपाईंले आफ्नो सृष्टिकर्तासँगको सम्बन्ध गुमाइरहनु भएको छ ।

तर आखिर, परमेश्वरले चाहनु भएको कुरा त्यो होइन ।

blank

परमेश्वरको अद्भूत समाधान

परमेश्वरको सहायताविना तपाईं उद्देश्यहीन जीवन जिउनु हुनेछ, जुन जीवन मृत्युमा टुङ्गिन्छ । परमेश्वरले चाहनु भएजस्तो सिद्द जीवन तपाईं कहिले जिउन सक्नुहुन्‍न भन्‍ने कुरो परमेश्वर जान्‍नुहुन्छ । परमेश्वरले मानव जाति बनाउनु अघि नै उहाँको योजना थियो । उहाँले आफ्नो सम्मान पुनर्स्थापना गर्न र तपाईंलाई तपाईंका दोष र शर्मदेखि तपाईंलाई स्वतन्त्र तुल्याउनको निम्ति योजना बनाउनुभएको थियो । त्यो क्षमाआर्थिक सहयोगवा दयाको साधारण कार्य थिएन । त्यसो गर्नु अनुपयुक्त हुनेथियो भने उहाँको आफ्नो सम्‍मान अवमूल्यन हुनेथियो । उहाँले असीम प्रेमको प्रदर्शनको योजना बनाउनुभयो ।

उहाँ स्वयमले तपाईंले भोग्‍नुपर्ने दण्ड बोक्‍नुभयो ! उहाँले तपाईंको पापको ऋण तिर्नुभयो । र, त्यसैले उहाँले आफ्नो न्याय, सम्मान र विश्वसनीयतालाई सङ्कटमा नपारी तपाईंलाई क्षमा दिन सक्नुहुन्छ । के तपाईं यो सुन्दर योजना बारे थाहा पाउन चाहनुहुन्छ ?

.