
अध्याय ६~ हाम्रो समस्या
हाम्रो भित्री हृदयमा, कुनै कुरा सही वा गलत छ भन्ने हामीलाई थाहा हुन्छ । हामी कुन देशमा वा संस्कृतिमा बस्छौं भन्ने कुरासित यसको सम्बन्ध हुँदैन । संसारभरि नै अर्को मान्छेलाई मार्नु गलत हो । अरु कसैको समान वा सम्पत्ति चोर्नु संसारको कुनै पनि कुनामा स्वीकारयोग्य ठानिंदैन ।
जीवजन्तुहरुमा यस्ता नैतिक मूल्यहरु हुँदैनन् । एक जनावरले अर्को जनावरलाई मार्दछ भने, ऊ भोकाएको कारणले वा उसलाई आक्रमण गरिएको कारणले अर्को जनावरलाई मार्दछ ।
मानव जातिलाई चाहिँ यी कुरा सही हुन् वा गलत हुन् भन्ने ज्ञान हुन्छ । हामी एकअर्कालाई पनि जवाफदेही तुल्याउँछौं । गम्भीर मुद्दाहरुको हकमा, हामी न्याधीशकहाँ जान्छौं । इमान्दार न्यायधीशले कानूनको आधारमा फैसला गर्दछ । पीडितले भोगेको नोक्सानीको क्षतिपूर्ती भराउन न्यायधीशले दोषीलाई कारबाही गर्दछ ।
सर्वोच्च अदालत
असल र खराब के हो भनी निर्धारण गर्नुहुने व्यक्ति सृष्टिकर्ता हुनुहुन्छ । हामीले हेरिसकेका छौं, परमेश्वर भरोसायोग्य हुनुहुन्छ किनकि उहाँले प्रकृतिका अपरिवर्तनीय नियमहरु बनाउनुभयो । उहाँको प्रकृतिका नियमहरु बारे जे सत्य हो उहाँका नैतिक नियमहरुको हकमा पनि त्यही सत्य हो । ती सबै परिस्थिति र अवस्थामा अपरिवर्तनशील रहन्छन् । यदि ती त्यसो हुँदैन थिए भने, उहाँलाई विश्वास गर्नु पनि सम्भव हुने थिएन ।
यदि नैतिक नियमहरु उल्लङ्घन हुन्छन् भने, त्यसको असर उत्पन्न हुनैपर्दछ । ठूलो अपराधको घटनामा, न्यायधीशलाई दण्ड निर्धारण गर्न अनुरोध गरिन्छ । उदाहरणार्थ, कसैको हत्या गरिएको छ भने, परिवार र साथीभाइहरुले न्याय दिलाइयोस् भनी माग गर्दछन् । हत्यारालाई सजाय दिनै पर्दछ । यदि न्यायधीशले हत्यारालाई सजायविना उन्मुक्ति दिलाउँछ भने, साथीभाइ तथा परिवार जनले सो कुरा कहिल्यै स्वीकार गर्दैनन् ।
परमेश्वरले नैतिक नियमहरु बनाउनुभयो । यदि हामीले ती उल्लङ्घन गर्यौं भने, परमेश्वरले दण्ड दिनुपर्दछ । उहाँ सर्वोच्च अख्तियारवाला हुनुभएकाले,हामीले उहाँका नियमहरु तोड्दाखरि उहाँले दण्ड दिनुपर्दछ ।
परमेश्वर भरोसा गर्न सकिने हाम्रा निम्ति निष्पक्ष परमेश्वर हुनुपर्छ ।
तर मानिसहरले दिन प्रतिदिन उहाँका नैतिक नियमहरु तोड्दछन् । अपराध हत्या होस् वा अन्य कुनै कसुर होस्, कसुरदारहरुलाई सजाय दिइनुपर्दछ भन्ने कुरा हामीले भर्खरै देखेका छौं ।
तर मानिसहरुले दिनैभरि उहाँका नैतिक नियमहरु तोडिरहेका हुन्छन् । उल्लङ्घनकर्ताहरुलाई सजाय दिइनु पर्दछ । चाहे त्यो हत्या वा अन्य कुनै कसुर किन नहोस्, सजाय हुनै पर्दछ । तर परमेश्वरले कसुर गर्नु बितिकै कारबाही गरिहाल्नु हुँदैन । हामी यसको कारण बारे पछि पत्ता लगाउने प्रयास गर्नेछौं ।

हाम्रा सृष्टिकर्ताप्रति आदर
हामीले गर्ने प्रत्येक गल्तीविरुद्द परमेश्वर लाग्नुपर्छ त ? परमेश्वर आफ्नो प्राणीहरुमध्ये कुनै एकको हत्या हुँदा बेमतलव गर्न सक्नुहुन्न भन्ने कुरा स्पष्ट छ । तर परमेश्वर प्रमिलो परमेश्वर पनि हुनुहुन्छ। के परमेश्वरले हाम्रा सानातिना भूल वा गल्तीहरु मतलव नगर्न वा क्षमा दिन सक्नुहुन्न त ?
उदाहरणको निम्तिः तपाईंले मलाई अनुहारमा हिर्काउनु भयो भने के हुन्छ होला ? सायद म तपाईंसित रिसाएर हात फर्काउँछु होला । त्यसपछि मेरो इज्जत पुनर्स्थापित होला र फेरि हामी मेलमिलाप हुन सक्ला । तर यदि तपाईंले काममा आफ्नो हाकिमलाई थप्पड हान्नुभएमा, के होला ? सायद तपाईं जागिरबाट बर्खास्त हुनुहुनेछ । यदि तपाईंले राजालाई अनुहारमा थप्पड हान्नुभएमा के हुँदो हो ? सायद तपाईंलाई गिरफ्तार गरिने छ र तपाईंले जेल सजाय भोग्नुपर्छ ।
उही ‘सानो’ गल्तीको लागि दिइएको फरक-फरक सजाय किन त ? कसलाई अपमान गरियो भन्ने कुरामा सजाय निर्भर हुन्छ ।
यदि तपाईंले सृष्टिकर्तालाई अपमान गर्नु भएमा त्यसका परिणामहरु कल्पना गर्ने कोसिस गर्नुहोस् । तपाईंले उहाँलाई अनुहारमा झापड हान्न सक्नुहुन्न,तर तपाईंले उहाँका नैतिक नियमहरु उल्लङ्घन गरेर उहाँलाई अपमान गर्नुहुनेछ । तपाईंले गर्ने प्रत्येक गल्ती चाहे त्यो सानो वा ठूलो होस्, त्यसका परिणामहरु अनिवार्य हुन्छन् । सृष्टिकर्ताको आदर पुनर्स्थापित हुनुपर्छ । उहाँले आफ्ना उल्लङ्घन गरिएका नियमहरु बेवास्ता गर्न सक्नुहुन्न । यदि बेवास्ता गर्नु भएमा उहाँले आफ्नो आदर गुमाउनु पर्थ्यो र उहाँ गैरजिम्मेवार बन्नुहुने थियो ।
तपाईंले सृष्टिकर्तालाई कस्तो प्राथमिकता दिनुहुनेछ भन्ने कुरा तपाईंको जीवनको सबैभन्दा महत्त्वपूर्ण रोजाइ हो । के उहाँ तपाईंको जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ ? तपाईंको जीवनको निम्ति उहाँको उद्देश्य के रहेछ सो थाहा पाउन के तपाईं इच्छुक हुनुहुन्छ ? कि तपाईंले आफ्नो जीवन जिउने तरिका आफैले निर्णय गर्नुहुनेछ ? कि अरु मानिसहरुलाई के महत्त्वपूर्ण छ भन्ने कुरा निर्णय गर्न दिनुहुन्छ ?
यदि परमेश्वरलाई तपाईंले मतलब गर्नुभयो भने, तपाईं उहाँलाई अनादर गर्नुहुन्छ, र उहाँलाई सन्ताप पुर्याउनुहुन्छ । मेरो बुबा वा आमाको अस्तित्व छैन भन्ने बहाना बनाएर आफ्नै इच्छाअनुसार चल्ने छोराछोरी झैं हुन्छौं ।
तपाईं कहाँनेर खडा हुनुहुन्छ ?
आफूलाई सच्चा दृष्टिले नियाल्नको निम्ति केही मिनेट समय छुट्याउनुहोस् । के सृष्टिकर्ता तपाईंमा गर्व गर्न सक्नुहुन्छ ? के तपाईं उहाँको उपस्थिति बारे सजग हुनुहुन्छ ? के तपाईं उहाँलाई सधैं आदर गर्नुहुन्छ ? कि चाहिँ आफ्नो जीवनका कतिपय क्षेत्रहरु उहाँदेखि अलग्ग राख्नुहुन्छ ? तपाईं आफ्नो सृष्टिकर्ताप्रति आफ्नो कृतज्ञता कसरी प्रकट गर्नुहुन्छ ? के तपाईं मलाई किन बनाउनुभयो भनेर उहाँलाई सोध्न चाहनुहुन्छ ? के तपाईं आफ्नो जीवनको निम्ति उहाँको उद्देश्य थाहा पाउन चाहनुहुन्छ ?
परमेश्वर तपाईंले हृदयदेखि ध्यान दिएको चाहनुहुन्छ । यसको अर्थ तपाईंले नियमहरु वा सम्झौताको सूची अनुसार चल्नुपर्छ भन्ने होइन । उहाँले त सिधै हृदयदेखिको तपाईंको चासो चाहनुहुन्छ ।
आफैलाई सच्चा दृष्टि लगाउनुहोस् । सृष्टिकर्ताको रुपमा चासो र सम्मान पाउन योग्य परमेश्वरलाई के तपाईं चासो र आदर प्रकट गर्नुहुन्छ ? तपाईंले गर्नुहुने हरेक कार्य के परमेश्वरले जान्नु भएको होस् ? वा तपाईंले आफ्नो जीवनमा गुप्त राख्न चाहनु भएका जीवनका कुनै क्षेत्रहरु छन् कि? तपाईं लज्जित हुनुपर्ने कुनै कुरा ? तपाईंलाई गर्व नलागेका कुनै कुरा ? तपाईंले आज, गत हप्तामा, वा गत वर्षमा गर्नुभएका तपाईंलाई लज्जित तुल्याउने केही चीजहरु ? यी ठीक होइनन् भनेर तपाईंलाई थाहा भएका केही कुराहरु ?
सायद तपाईं लज्जित हुनुपर्ने थोकहरु तपाईंको जीवनमा थिए होलान्, तर यस बेला ती सामान्य बनिसकेका छन् होला । अरु बारेका चियोचर्चो ? त्यसो गरेर तपाईंले मानिसहरुलाई चित्त दुखाउनुएको छ कि ? के तपाईं लोभले ग्रसित हुनुहुन्छ कि ? अरुलाई वा सरकारलाई बेफाइदा हुने किसिमले पैसामा तपाईं बाठो हुनुहुन्छ कि ? तपाईं इन्टरनेटमा अश्लील सामाग्री हेर्नुहुन्छ कि ? वा धोकेबाज पो हुनुहुन्छ कि ? जाँडरक्सी पो पिउनु हुन्छ कि ? आफ्नो छवि जोगाउन जे पनि हर्कत गर्न तयार हुनुहुन्छ कि ? अरुसँग भएको र आफूसित नभएको कुरा बारे सारै डाही पो हुनुहुन्छ कि ? तपाईंका वरिपरिका मानिसहरुदेखि तपाईंले गोप्य राख्नुभएका कुनै थोकहरु छन् कि ?
के तपाईं आफ्नो सृष्टिकर्तालाई यथोचित आदर र सम्मान दिन सक्नुहुन्छ ? के तपाईं आफ्नो जीवनमा उहाँको उद्देश्य थाहा पाउन इच्छुक हुनुहुन्छ ? तपाईंले हरेक दिन गर्नुहुने कार्यमा के उहाँ गर्व गर्न सक्नुहुन्छ ? वा धार्मिक परमेश्वरले कारबाही गर्नेवाला तपाईंले गरिरहेका वा गरेका चीजहरू छन् कि ? बाइबलले भन्दछः
बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्मा भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।” रोमी ३:११-१२
के हामी आफ्ना गल्तीहरु सच्च्याउन सक्छौं ?
कसैले पनि सबै कुरा सही गर्दैन । हामीले पर्याप्त मात्रामा असल कर्म गरेर खराब कर्महरु सच्याउन सक्छौं भन्ने तपाईंलाई लाग्ला । तर के सबै गल्तीहरु असल कर्म गरेर सच्याउन सकिएला त ? धेरै गल्तीहरुले सच्चाउन नसकिने गरी क्षति पुर्याउँछन् ।
बमानिलिऔं, कुनै व्यक्तिले परोपकारी संस्थामा वर्षौं काम गरेको छ । उसले बाल गृहहरु र स्कुलहरु बनाउन मद्दत पुर्याएको छ । यही व्यक्तिको कारणले धेरै बालबालिकाले राम्रो शिक्षा र सुन्दर जीवन प्राप्त गरिरहेका छन् । तर यदि यही व्यक्तिले कुनै एक जना नानीलाई दुर्व्यवहार गरेमा के हुन्छ ? उसले गरेका सम्पूर्ण असल कार्यले गर्दा के उसलाई दुर्व्यवहारदेखि उन्मुक्ति मिल्ला ? उसलाई उन्मुक्ति दिएमा दुर्व्यवहार पीडित नानीलाई न्याय मिल्ला त ?
आशा गरौं, तपाईंले कहिले पनि त्यस्तो परिस्थिति सामना गर्न नपरोस् । खुशीको कुरो, अधिकांश मानिसहरु बालदुराचारी, हत्यारा वा ठूला अपराधी छैनन् । तर आफ्नै जीवनलाई नियाल्नुहोस् । तपाईंलाई डाह लाग्दा तपाईंले के गर्नुभयो ? अरुहरुको कुरा काटेर तपाईंले उनीहरुलाई ठेस पुर्याउनुभयो कि ? तपाईं आफ्नो जीवन-साथी, परिवारप्रति कस्तो व्यवहार गरिरहनु भएको छ ? के तपाईं रूपैंया-पैसामा सधैं इमान्दार हुनुहुन्छ ? वा आफूलाई अरुभन्दा जाती छु भन्ने लाग्छ ?
दुःखको कुरो, सिद्द जीवन जिउने मानिस मलाई कोही पनि थाहा छैन । तपाईंलाई थाहा छ त ?
हाम्रो रोजाइको स्वतन्त्राको परिणाम विनाशकारी देखिन्छ !
हामी मुख्यगरी आफ्नो इच्छाअनुरुप जीवन जिउँदछौं । हाम्रो पहिलो प्राथमिकताको रुपमा कि हामी आफैं हुन्छौं, कि चाहिँ हाम्रो परिवार हुन्छ । हामी अहङ्कारी र हठी छौं । त्यही कारणले गर्दा हामी सृष्टिकर्ताले चाहनु भएको कुरा बेवास्ता गरिरहेका छौं । हामीले आफू खुशी गरेर उहाँलाई निराश तुल्याउँछौं । परमेश्वर र हामी बीचको सम्बन्ध हरेक पल बिग्रन्छ ।
यदि जीवन-साथी धोकेबाज छ भने, सम्बन्ध सदालाई परिवर्तन हुनेछ । अर्को जीवन-साथीलाई धोकाबाजी भएकोले सम्बन्ध टुटेको हुन्छ । तपाईं एक पटक मात्रै विश्वासघाती भए पनि धेरै लामो समयसम्म विश्वासयोग्य भएर पनि विश्वासघात सच्याउन सक्नुहुन्न । भरोसा तोडिएको हुन्छ । सम्बन्ध पुननिर्माणको निम्ति, सबैभन्दा पहिला आफूले गरेको गल्ती महसुस गर्नुपर्ने हुन्छ । अर्को व्यक्तिलाई कति धेरै चोट पुर्याएछु भनेर महसुस गर्नुपर्दछ । यदि साँचो पश्चाताप हुन्छ र अर्को व्यक्ति तपाईंलाई क्षमा दिन तयार छ भने मात्रै, सम्बन्धमा सुधार ल्याउन सकिन्छ ।
परमेश्वरसितको सम्बन्धमा पनि यस्तै हो । हामी आफ्नै बारेमा, र सायद आफ्नै परिवार र हामीलाई हरेक दिन व्यस्त बनाइराख्ने थोकहरु बारेमा पनि मुख्यगरी सोचिरहेका हुन्छौं । हामी घमण्डी र स्वेच्छाचारी छौं । हामी परमेश्वरलाई बेवास्ता गरिरहेका हुन्छौं, वा उहाँलाई दुःखित तुल्याइरहेका हुन्छौं । हामी हरेक पल उहाँसितको सम्बन्ध हामी बिगारीरहेका हुन्छौं । हरेक पल सम्बन्ध सुधार गर्न झनझन कठिन हुन्छ । विशेष गरी जब तपाईंले परमेश्वर न्यायी हुनुहुन्छ र उहाँले गल्तीलाई बेवास्ता गर्न सक्नु हुन्न रहेछ भन्ने कुरा महसुस गर्नुहुन्छ।
तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। रोमी २:५

हाम्रो निम्ति कुनै आशा छ ?
हाम्रो रोजाइको स्वतन्त्रताले हामीलाई असल वा खराब रोज्न दिएको छ । हामी हरेक दिन झूट बोल्न, ठग्न, कुरा काट्न, विवाद गर्न, अरुको ईष्याई गर्न, र शक्ति, पैसा र अवैध यौन अभिलाषाले शासित हुन रोज्छौं । हामी घमण्डी र अदूरदर्शी छौं र हामीलाई तत्काल जे कुराले खुशी तुल्याउँछ त्यही बारेमा मात्रै सोच्दछौं । सायद हामीसित भएका वा चाहेका कतिपय आदतहरु वा चीजहरुको लतमा समेत हुन सक्छौं । हामी अक्सर आफ्नै बारेमा सोच्छौं र सृष्टिकर्ताको उद्देश्य बारे विचार गर्न भुलिपठाउँछौं ।
परमेश्वर सत्य र न्यायको स्रोत हुनुहुन्छ । त्यसकारण, उहाँले तपाईंका गल्तीहरुलाई बेवास्ता गर्न सक्नुहुन्न । तपाईं साँच्चै दुःखित हुनु भई गल्ती नगर्ने प्रतिज्ञा गर्नुभए पनि गल्तीलाई परमेश्वरले बेवास्ता गर्नुहुन्न । यदि उहाँले तपाईंलाई क्षमा मात्रै दिनु भयो भने पनि, उहाँ न्यायी र भरोसायोग्य ठहरिनुहुन्न ।
हामी उहाँको इच्छा विपरीत चल्छौं भने, यो परमेश्वरको प्रतिष्ठाको अपमान हो । र यदि तपाईं इमान्दार हुनुहुन्छ भने, तपाईंले प्रायःगरी दिनमा तपाईंको इच्छा विपरीत गइरहेको हुन्छु भनेर स्वीकार गर्नुपर्ने हुन्छ । मैले अघि उल्लेख गरेको उदाहरणका शब्दहरुमा, हामी उहाँलाई बारम्बार मुहारमा मुक्का हानिरहन्छौं ।
आशाहीन भएर हराएका छौं कि ?
.