blank

अध्याय ५ ~ सत्य पत्ता लगाउनुहोस्

प्रकृतिको सौन्दर्य   र  सृष्टिकर्ता हुनुहुन्छ भनी पत्ता लगाउन सकिन्छ भन्‍ने तरिका बारे मैले लेखेको कुरा तपाईंलाई सम्झना होला । अध्याय ३ मा उहाँका विविध विशेषताहरु पत्ता लगाएका थियौं । सायद तपाईंले यस विषयमा केही न केही विचार त गर्नु नै भयो होला । तपाईंले उहाँका अझ बढी विशेषताहरु थाहा पाउनु भयो त ?

हामी एउटा महत्त्वपूर्ण बिन्दुमा आइपुगेका छौं । के तपाईं साँच्चै वास्तविकता थाहा पाउन चाहनुहुन्छ ? तपाईंले पहिला कहिल्यै सोच्‍न नसक्नुभएका कुरा बारे सोच्‍न के तपाईं तयार हुनुहुन्छ ? तपाईं आफूलाई जवाफ थाहा छ भन्‍ने लागेका प्रश्‍नहरुको बारेमा ? वा तपाईंको निम्ति अरुले जवाफ  दिएका प्रश्‍नहरुको बारेमा ?

यदि तपाईं साँच्चिकै आफ्नो सृष्टिकर्ता को हुनुहुन्छ भन्‍ने कुरा थाहा पाउन चाहनुहुन्छ भने, तपाईंले गर्न सक्नुहुने पहिलो कुरा भनेको मलाई सत्यता देखाइदिनुहोस् भनी उहाँलाई बिन्ती गर्नु हो । तपाईंले सोच्‍नुभए भन्दा उहाँ अझ नजिक हुनुहुन्छ भन्‍ने कुरा मैले पत्ता लगाएको छु । तपाईंले सत्य खोजिरहनु भएको छ भने, उहाँले उक्त सत्य थाहा पाउनु सहायता गर्नुहुनेछ ।

सत्य थाहा पाउन तपाईंले विश्वभरिका सबै धर्महरु अध्ययन गर्न सक्नुहुन्छ । तर विश्वमा ४,००० भन्दा बढी धर्महरु छन् । त्यसैले ती सबै धर्म हरु अध्ययन गर्न यो सिङ्गो जुनीले पुग्दैन । तपाईं महानमा पुग्‍नु पर्नेहुन्छ ।

म बाटो, सत्य र जीवन म नै हुँ ।

यो नै पक्का वचन हो !  यदि तपाईंले यस्तै केही बोल्नुभयो भने, तपाईं या त सपना देख्‍ने हुनुहुन्छ या साँच्चै सत्य थाहा पाएको व्यक्ति हुनुहुन्छ ।

यी येशू ख्रीष्टका वचनहरु हुन् । उहाँ अहिलेसम्मकै सबैभन्दा अद्‍भूत व्यक्ति हुनुहुन्छ । तर उहाँ अद्‍भूत व्यक्ति भन्दा पनि बढी हुनुहुन्थ्यो । यस विषयमा तपाईंलाई पछि बताउने छु । उहाँका जीवन र उहाँका शिक्षा बारेमा अझ बढी बाइबलमा पाउन सकिन्छ । तर तपाईं बाइबल अन्य पुस्तकहरुभन्दा किन फरक छ र बाइबल किन भरोसायोग्य छ भन्‍ने कुरा पहिला जान्‍न चाहनुहुन्छ होला । यस पृष्ठको तलाको लेखमा तपाईंले बाइन अरु पुस्तकहरुभन्दा भिन्‍न हुनुको  कारण पढ्न सक्नुहुन्छ । यो पुस्तक २,००० वर्षभन्दा पुरानो भए तापनि अझै सान्दर्भिक छ ।

तपाईं आफ्नो भविष्यको निम्ति महत्त्वपूर्ण कुराहरु थाहा पाउन पनि तयार हुनुहुन्छ भन्‍ने मैले आशा गरेको छु । अबदेखि यता म घरिघरि बाइबल पद प्रयोग गर्नेछु । यदि तपाईं यस पद पछाडिको कहानी थाहा पाउन चाहनुहुन्छ भने, तपाईंले लिङ्कमा पनि क्लिक गर्न सक्नुहुन्छ । तलको प्रस्तुत पद येशू ख्रीष्टले बोल्‍नुभएको वचन होः

तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌। मत्ती ६:३३

यदि बाइबलको परमेश्वर साँच्चै सृष्टिकर्ता हुनुहुन्छ भने, तपाईंले आफ्नो जीवनको निम्ति उहाँको उद्देश्य पत्ता लगाउन चाहनुहुनेछ, किनभने तपाईंलाई सृष्टि गर्नुहुने उहाँ नै हुनुहुन्छ । तर हामी मानव जाति ढिट छौं ।  हामी हाम्रो निम्ति के गर्ने र  हाम्रो जीवन कस्तो हुनुपर्छ भनेर निर्णय गर्न चाहन्छौं । धेरै मानिसहरुले जीवनमा आफ्नो उद्देश्य बारे बिचार नगरी र थाहा नगरी अरुहरुलाई नै आफ्नो जीवन जिउने तरिका निर्धारण गर्न दिन्छन् । म आशा गर्दछु, तपाईं आफ्नो जीवनको उद्देश्य आफै पत्ता लगाउन तयार हुनुहुन्छ ।

हामी यन्त्र मानव वा दास होइनौं ।

हामी तुरून्तै मूल विषयमा  आगमन गर्दछौं । तपाईंले जीवनमा गर्नुहुने छनोटहरुले तपाईंले  जीवनलाई हेर्ने तरिका देखाइदिन्छन् । छनोट गरेका मानिसहरुका उदाहरणहरुले बाइबल भरिएको पाइन्छ । कतिपय व्यक्तिहरुले परमेश्वरको उद्देश्यअनुसारको जीवन रोजे, तर अरुहरुले चाहिँ रोजेनन् ।

यही कुराले मानिसलाई सारा प्राणीहरु माझ  विशेष तुल्याएको छ । परमेश्वरले हामीलाई यन्त्र मानवलाई जसरी चल्‍न बनाइएको हुन्छ त्यस प्रकारले चल्न सृष्टि गर्नुभएन। न ता हामी मालिकले जे जे भन्छ त्यही-त्यही मात्र गर्न अह्राइए दासहरुजस्तै हौं । के तपाईंलाई महान् सृष्टिकर्तालाई यन्त्र मानव वा दासको आवश्यक छ भन्‍ने लाग्छ ?  उहाँले त हामीलाई छनोट गर्ने स्वतन्त्रता दिनुभयो । तर किन ?

उहाँले तपाईंलाई यो स्वतन्त्रता दिनुभएको छ किनभने उहाँले तपाईंसित आफ्नो  प्रेम बाँड्न चाहनुहुन्छ । तपाईंले मृत चीजलाई, यन्त्र मानवलाई वा दासलाई  प्रेम दिन सक्नुहुन्‍न, तर प्रेमको जवाफ दिन सक्ने प्राणीलाई चाहिँ प्रेम दिन सक्नुहुन्छ । परमेश्वरले तपाईंको सच्चाइपूर्ण चासो अपेक्षा गर्नुहुन्छ, तर उहाँले तपाईंलाई जब्बरजस्ती गर्नु हुँदैन । उहाँ तपाईंले आफूप्रतिको परमेश्वरको प्रेमलाई हृदयबाट प्रत्युत्तर जनाएको चाहनुहुन्छ ।

परमेश्वरले आफूलाई प्रकट गर्नुहुन्छ ।

यदि तपाईं जवाफ र सत्यको खोजीमा गम्भीर हुनुहुन्छ भने परमेश्वरले आफूलाई भेट्टाइन दिनुहुन्छ भन्‍ने कुरा मैले अनुभव गरेको छु ।

जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यर्मिया 29:13 

तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। व्यवस्था ४:२९

जबसम्‍म परमप्रभुलाई पाउन सक्‍छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यशैया ५५:६

यदि तपाईंले परमेश्वरको खोजी गर्नुहुन्छ भने उहाँ भेट्टाउन सकिन्छ भन्‍ने कुरा मैले पत्ता लगाएको छु । र त्यो भन्दा पनि अझै सुन्दर कुराः उहाँले तपाईंलाई व्यक्तिगत ध्यान दिनुहुने रहेछ भन्‍ने कुरा मैले पत्ता लगाएको छु ।

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्‍यानसित सुन्‍नेछु। जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। यर्मिया २९:११-१३

यदि तपाईं पनि आफ्नो सृष्टिकर्ता बारेमा अझ बढी जान्‍न चाहनुहुन्छ भने, म तपाईंलाई आफ्नै निम्ति सत्यको खोजी गर्न उत्साह दिन चाहनुहुन्छ । यदि तपाईं जिज्ञांसु हुनुहुन्छ भने, मेरो कहानी पढेपछि नरोकिनुहोस् तर आफ्नै निम्ति बाइबल पढ्नुहोस् र तपाईंको हृदयमा ती वचनहरु अर्थपूर्ण हुन्छन् कि हुँदैनन् हेर्नुहोस् ।  

उक्त पदहरु प्रेमिलो र धार्मिक सृष्टिकर्ताका वचनहरु भएकाले तिनले तपाईंको हृदयलाई पनि अभिप्रेरित गर्नेछन् ।

blank

उहाँलाई आफ्ना शङ्काहरु बताउनुहोस् ।

तपाईंका कुनै प्रश्‍न र शङ्काहरु बारे परमेश्वरलाई बताउनुहोस् भनी म तपाईंलाई उत्साह दिन चाहन्छु ।  उहाँले  उपयुक्त समयमा सुन्‍नुहुनेछ र जवाफ दिनुहुनेछ । तपाईंले उहाँको वचन (बाइबल) मा जवाफ पाउनुहुनेछ,तर उहाँले तपाईंलाई चकित तुल्याउन सक्ने अन्य तरिकाहरु पनि छन् ।

“मानिसहरूका सामुन्‍ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्‍वरले तिमीहरूका हृदय जान्‍नुहुन्‍छ, लूका 2:4

केही फरक पर्छ त ?

तपाईंलाई सबै थोक ठीक-ठाक छ जस्तो लाग्ला, तर सृष्टिको बारेमा तपाईंलाई के थाहा छ ? मैले सुनेको छु, परमेश्वरले मानिसहरुलाई प्रेम गर्नुहुन्छ, तर  मेरो निम्ति त्यसको अभिप्राय के हो ? तपाईंले जिउने तरिकामा यसले के साँच्चै फरक पार्छ त?

मैले आफ्नो जीवनमा जे गरौं फरक पर्छ त ?

.