blank

अध्याय ४ ~ हामी निर्णय गर्न सक्छौं

सृष्टिकर्ताले सबै थोक किन बनाउनुभयो ? अन्त्यहीन ब्रह्माण्डले सृष्टिकर्ता कति महान् र शक्तिशाली हुनुहुँदोरहेछ भन्‍ने कुरा प्रदर्शन गर्दछ । तर तीबाहेक अझ धेरै कुरा छन् । उहाँले जीवित बोटबिरुव, पशुपंक्षी र मानव जाति बनाइसकेपछि उहाँ चुप लागेर बस्‍न सक्‍नुहुन्थ्यो । तर चुप बस्‍नुभएन । उहाँले मानव जातिलाई आफ्नो छनोट वा निर्णय गर्ने क्षमता दिनुभयो ।

यसका साथै, सृष्टिकर्ताले  आफ्नो सृष्टिमा अति विशेष तत्त्व थपिदिनुभयो । उहाँले मानिसलाई उहाँलाई आदर र प्रेम गर्ने, वा स्वेच्छाले चल्ने र उहाँलाई बेमतलव गर्ने क्षमता दिनुभयो । तपाईं र मैले हामी सृष्टि गरिए हौं भनी स्वीकार गर्ने निर्णय गर्न सक्छौं । हामी यसको निम्ति हाम्रा सृष्टिकर्तालाई धन्यवाद दिन र भन्न सक्छौं । तर तपाईंले सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्न र आफूलाई जे ठीक लाग्छ सो अनुसारले जिउन पनि सक्नुहुन्छ । वा मेरो निम्ति के ठीक हो त भनी अरु मानिसलाई निर्णय गरिदिन पनि लाउन सक्नुहुन्छ ।

अति महत्त्वपूर्ण छनोट

आज तपाईंले के के छनोटहरु गर्नुभयो त ? प्रायः छनोटहरु महत्त्वपूर्ण लाग्दैनन्, तर त्यसले ठूलो फरक पार्न सक्छ । सोभियत वायु सेनाका लेफ्टिनेन्ट स्तानिस्लाभ पेत्रोभको कहानी सुन्‍नुहोस् । यदि पेत्रोभले जुन किसिमले व्यवहार गरेको  भए, यु.एस. र सोभियत संघ बीच आणविक युद्द हुने सम्भावना हुनेथियो । त्यसले सारा विश्व ध्वस्त तुल्याउन सक्थ्यो ।

सन १९८३, सेप्‍टेम्बर २६ मा, पेत्रोभ संलग्‍न थिए ।  उनको काम भनेको  सोभियत चेतावनी प्रणालीहरुको निगरानी गर्नु थियो । सोभियत निशानातिर यु.एस.का मिसाइलहरु हानिएको सङ्केत गर्दै खतराका धेरै घण्टीहरु बजेका थिए । पेत्रोभको काम भनेको जवाफी फायरिङ गर्नुथियो । तर त्यसो गर्नु राम्रो होइन भन्ने लागेकोले आफू माथिकाहरुलाई सूचना नदिने निर्णय गरे । यदि सूचना दिएँ भने विश्वमा भयावह परिणामहरु उत्पन्‍न हुन सक्छन् भन्ने कुरा उनले महसुस गरे ।

अन्तमा उनी झूटा खतराका घण्टी हुन पुगे । पेत्रोभले आफूलाई दिइएका आदेशहरु पालना नगर्ने निर्णयले  उनको आफ्नो देश मात्रै होइन, सारा विश्वलाई बचायो ।

हेर्नुहोस् त, त्यति सानो निर्णयका परिणामहरु कति ठूला हुन सक्ने रहेछन्  । तपाईं आफ्नो निम्ति मात्रै नभई, आफू वरिपरि भएका मानिसहरुको  निम्ति पनि ।

धन्‍न, हाम्रा अधिकांश दैनिक छनोटहरुका त्यति गम्भीर परिणामहरु छैनन् । तर हाम्रो जीवन  र भविष्यलाई निर्धारण गर्ने अत्यन्तै महत्त्वपूर्ण निर्णय हामी सबैको सामुन्‍ने छ । तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भनी स्वीकार गर्नु वा नगर्नु तपाईंको जीवनको अति महत्त्वपूर्ण छनोट हो । यदि तपाईंले सृष्टिकर्ताको अस्तित्व अस्वीकार गर्नुहुन्छ भने,  त्यसमा तत्कालै देखिने परिणामहरु हुनेछैनन्  । संसार अन्त्य हुनेछैन ।  तर तपाईंको छनोटले तपाईं र सायद अरुहरुको पनि भविष्य निर्धारण गर्दछ ।

हरेक व्यक्तिको आमा हुन्छ किनभने ऊ आमाद्वारा जन्मन्छ । यदि तपाईंले आफ्नी आमालाई बेवास्ता गरी  तपाईंसित मेरो जीवनको कुनै हिस्सा छैन भनी अस्वीकार गर्नुभएमा उहाँलाई कस्तो महसुस हुन्छ होला ? तपाईंले आफ्नी आमालाई इन्कार गर्न सक्नुहुन्छ, तर त्यस कुराले तपाईं जन्मनुभएको वास्तविकता बदल्दैन ।

तपाईंले सृष्टिकर्तालाई इन्कार गर्ने छनोट गर्नुभएमा उहाँलाई कस्तो लाग्छ होला ?  के तपाईं अनाथको रुपमा जिउन चाहनुहुन्छ ?  वा मलाई कसले सृष्टि गरेको रहेछ भनी अझ बढी जान्‍न चाहनुहुन्छ ? अझ बढी कसरी जान्‍न  सक्नुहुन्छ त ? उहाँले तपाईंलाई तपाईंको जीवनमा छनोटहरु गर्ने स्वतन्त्रता किन दिनुभएको होला ?

blank

यदि तपाईंले सृष्टिकर्तालाई देख्‍न सक्नुभएमा

हामी हाम्रा सृष्टिकर्ता बारे अझ बढी कसरी जान्‍न सक्छौं ?  हामी उहाँलाई देख्‍न  सक्तैनौं नता तपाईं के चाहनुहुन्छ भनी सोध्‍न सक्छौं ।

उहाँलाई हामीले देख्‍न नसक्नुका कारणहरु धेरे छन्  । प्रथमतः, उहाँ हामीजस्तो सृष्टि हुनुहुन्‍न, तर सृष्टिकर्ता हुनुहुन्छ । उहाँ आत्मिक अस्तित्व हुनुभएकोले हाम्रै वरिपरि हुनुहुन्छ भनी तपाईं विचार गर्न सक्नुहुन्छ ।

तर अर्कोर कारणचाहिँ हाम्रो स्वतन्त्रतासित सम्बन्धित छ । यदि तपाईंले उहाँलाई सधैं देख्‍न सक्नुहुन्थ्यो भने, के तपाईंले आफ्ना छनोटहरु गर्न सक्नुहुन्थ्यो होला त ? यदि तपाईंले दिनभरि सृष्टिकर्तालाई देख्‍न भएमा र तपाईंको हरेक क्रियाकलाप उहाँले नियाली रहनुभएको छ भनी तपाईंलाई थाहा छ भने, तपाईं के गर्नु हुन्थ्यो होला ?  त्यस अवस्थामा, उहाँले नचाहनु हुने कार्य गर्न धेरै हिम्मत वा मूर्खता आवश्यक पर्दथ्यो ।

तपाईंले कुनै गलत कार्य गर्दाखेरि तपाईंलाई तुरुन्तै दण्डित गरिएन भने मात्रै तपाईं आफ्नो इच्छा गर्न सक्षम हुनुहुन्छ । तपाईंलाई गल्ती गर्न दिइएमा मात्रै तपाईंले सिक्न सक्नुहुन्छ । छनोटको स्वतन्त्रत्ताविना, तपाईंले अह्राइएको कुरा मात्रै गर्न सक्नुहुन्छ । पशुपंक्षीहरुजस्तै, स्वभाविक प्रकृतिबाट मात्रै प्रतिक्रिया हुनेथियो ।

छनोट गर्नु सजिलो रहेनछ भन्‍ने कुरा हरेक दिन मलाई महसुस हुन्छ । यस्ता धेरै चुनौतीहरु छन् । एउटा फाइदाचाहिँ यस प्रकारले जीवन कहिले पट्यारलाग्दो र यस्तै हुन्छ भन्‍ने किसिमको हुँदैन । धेरै चुनौतीहरुले जीवन जिउन लायक तुल्याउँछन्। मैले चुनौती पार गर्छु भने, मैले केही न केही सिकेकै हुन्छु । तर गलत छनोटले धेरै दुःख  निम्त्याउन सक्छ । अक्सर, मैले अरु मानिसहरुलाई हानी पुर्‍याएका र  धेरै पीडा गराएका  गलत छनोटहरु गरेको छु । ती त्यस्ता गल्तीहरु थिए जुनदेखि मलाई अझै लाज लाग्छ । ती प्रायः सुधार गर्न नसकिने गल्तीहरु थिए ।

हाम्रो छनोट स्वतन्त्रतामा हाम्रा वरिपरिका मानिसहरुभन्दा बढी अन्य कुरा समावेश भएको हुन्छ । तपाईंले आफ्नो सृष्टिकर्ताको बारेमा जे सोच्‍नु हुन्छ त्यो नै महत्त्वपूर्ण छनोट हुन्छ ।  यदि तपाईंले उहाँको अस्तित्व अनि उहाँले तपाईंलाई बनाउनु भएको कुरा स्वीकार गर्नुभयो भने, तपाईंले उहाँलाई आदर गर्नुहुन्छ कि हुन्‍न भन्‍ने कुरा अर्को प्रश्‍न रहन्छ। त्यसो गर्न सक्‍नको निम्ति, उहाँको निम्ति के महत्त्वपूर्ण रहेछ सो थाहा पाउन तपाईं तम्तयार हुनुपर्दछ । यस प्रश्‍नको जवाफ खोज्‍नु तपाईंमा भर पर्छ । यो प्रश्‍नको जवाफ यो हुनुपर्छ भनी तपाईं हुर्कनु भएको संस्कृतिमा पाउन सक्नुहुन्‍न वा तपाईं वरिपरिका मानिसहरुले निर्णय गर्न सक्तैनन् । तपाईं आफ्नो सृष्टिकर्ता बारेका आफ्ना विचारहरुप्रति व्यक्तिगत रुपमा जिम्मेवार हुनुहुन्छ ।

सृष्टिकर्ता हुनुहुन्छ भनेर तपाईंलाई थाहा भए पनि त्यो त मानवीय कुरा मात्रै हो। हामी अक्सर गरी जे चाहन्छौं त्यही गर्दछौं, वा हाम्रो जीवन कस्तो हुनुपर्छ भनी अरुहरुलाई निर्णय गर्न दिन्छौं । हामी सहजै किसिमले जीवनका अति महत्त्वपूर्ण छनोटहरु बारे सचेत भई सोच्‍न बिर्सन्छौं।

तपाईंको जीवनको उद्देश्य के हो ?

तपाईंले सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा थाहा पाएपछि उहाँले तपाईंलाई सृष्टि गर्नुभएको कारण पनि जान्‍न चाहनुहुन्छ ?

के तपाईंलाई धेरै धर्महरुमध्ये कुनै एउटा धर्ममा जवाफ पाउन सक्छु भन्‍ने लाग्छ ? छनोट गर्नलाई ४,००० भन्दा बढी धर्महरु छन् । अधिकांश धर्महरुसित हामी किन अस्तित्वमा छौं भन्‍ने प्रश्‍नको जवाफ हुन्छ । तर सबै धर्महरुले सृष्टिकर्ताको फरक-फरक चित्र कोर्दछन् र केही धर्महरुका त अनेकन ईश्वरहरु छन्। प्रायः सबै धर्महरुले जीवनको उद्देश्यको सवालमा फरक-फरक जवाफ दिन्छन्  ।

कतिपय व्यक्तिहरुलाई लाग्दछ—हरेक धर्मले सृष्टिकर्ता को हुनुहुन्छ भन्‍ने कुरा केही न केही झल्काएको हुन्छ। तपाईंले एउटै व्यक्तिलाई विभिन्‍न कोणहरुबाट हेरेजस्तै ।

सबै धर्महरुले सत्यताको हिस्सा झल्काउनु सम्भव छ त? दुर्भाग्यवश, यो कुरा असम्भव छ । विभिन्‍न धर्महरुमा सृष्टि र सृष्टि बारेमा पूर्णतः विरोधाभासी व्याख्याहरु छन् । विशेषतः जीवनको उद्देश्य बारे फरक-फरक धारणाहरु पाइन्छन् ।  यदि हामी निरन्तर लाग्‍न चाहन्छौं भने, हामीले पूर्ण सत्त्यको खोजी गर्नपर्दछ ।

हामीसित छनोटको स्वतन्त्रताको साथ सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गर्ने क्षमता मात्रै छैन। तपाईंले सृष्टिकर्ताको बारेमा पनि यथार्थ पत्ता लगाउनु पर्नेहुन्छ । के तपाईंको सृष्टिकर्ताको रुप सत्य हो त ?  

blank

यथार्थ के हो ?

सृष्टिकर्ता स्वयम् मात्रै सत्य हुनुहुन्छ । उहाँको बारेमा हामीले बनाएको प्रतिरुपमा उहाँ निर्भर हुनुहुन्‍न । उहाँको बारेको यथार्थ कुनै संस्कृति वा धर्मद्वारा निर्धारित हुन सक्तैन  । हामी  मुहानमा पुग्‍नु पर्दछ ।

हामी कसरी वास्तविकता पत्ता लगाउन सक्छौं ?

सृष्टिकर्ता को हुनुहुन्छ र उहाँले हामीलाई किन सृष्टि गर्नुभयो ?

.

स्वतन्त्र इच्छा कि भाग्य ?
के सृष्टिकर्ताले हाम्रो कुरा सुन्‍नुहुन्छ ?
एउटै परमेश्वर, विभिन्‍न नामहरु ?