blank

अध्याय २ ~ अकस्मात हो त ?

जीवन अकस्मात अस्तित्वमा आएको होइन भन्ने कुरा स्पष्ट देखिन्छ  । यस बारेको प्रमाण अत्यधिक धेरै छ ।

हाम्रो डि.एन.ए. मा रहेका सम्पूर्ण यति धेरै जानकारी लेख्‍न तपाईंलाई हजारौं पुस्तकहरु चाहिन्छ भन्ने तथ्य नै पर्याप्त छ ।

के यो सबै जानकारी अकस्मात रसायनिक प्रक्रियाहरुद्वारा अस्तित्वमा आएको हुन सक्ला त ?  आकस्मिक प्रक्रियाहरुले त गोलमाल स्थिति मात्रै उत्पन्न गर्दछन् । सङ्गीत कार्यलाई हेर्नुहोस् :  यदि तपाईंले जताभावी सङ्गीत नोटहरुको श्रृङ्खला लेख्‍नुभयो भने, तपाईंले कहिले पनि मीठो धुन निकाल्न सक्नुहुन्न । त्यो त बेसुरा धुनको नमीठो सङ्ग्रह मात्रै हुनेछ । यदि तपाईंले जताभावी सङ्गीत नोटहरुलाई संयोजन गर्नुभयो भने, तपाईंले कहिले पनि सङ्गीतको कर्णप्रिय सिर्जना गर्नुहुने छैन । तर यदि जीवन अकस्मात अस्तित्वमा आएको होइन भने, पक्कै पनि जीवन सृष्टि गरिएकै हुनुपर्दछ । र यदि सृष्टि छ भने, त्यहाँ सृष्टिकर्ता पनि हुनैपर्दछ ।

blank

जीवनको रचनाकार ?

 तपाईंलाई के लाग्छ ?  यदि तपाईंको शरीर यति अविश्वसनीय रुपमा जटिल छ भने, के यो रचना गरिएको हुन सक्तैन थियो र ? यदि तपाईंको शरीरको रचना गरिएको हो भने,  के तपाईं रचनाकार बारे अझै बढी जान्न चाहनुहुन्छ ? रचनाकार अत्यन्तै सिर्जनशील र बुद्दिमान व्यक्ति हुनुपर्दछ । संसार र ब्रह्माण्ड—अर्थात् तारागण र ग्रहहरुले भरिएका अन्तहीन अन्तरिक्ष र विभिन्न थरिका बोटबिरुवाहरु,जनावरहरु र मानिसहरुको विशाल सङ्ख्या रहेको पृथ्वीको सौन्दर्य र जटिलता विस्मयकारी छन् ।

तपाईंले हामी किन सृष्टि भएका हौंला भनेर सोच्‍न थाल्न सक्‍नुहुन्छ ।हाम्रो जीवनको उद्देश्य नहोला त ? सबै थोकका रचनाकारसित मेरो जीवनको उद्देश्य नहोला र ? वा पृथ्वीमा जे भइरहेको छ त्यसप्रति रचनाकारलाई अब वास्ता छैन होला ?

मनभित्र

यी कुरा बारे सोच्‍न थाल्नुअघि, हाम्रा आँखाले देख्‍न सक्नेभन्दा पनि  यहाँ धेरै थोक छन् भन्‍ने भावना हमेशा मनभित्र छाइरहन्थ्यो । के तपाईंले त्यो भावना ठम्याउनुभयो ? यदि तपाईंलाई आफ्नो जीवन कसरी सुरुभयो र किन जीवित छु  भनी वास्तवमै थाहा छैन भने, तपाईंको मनभित्र रित्तो भावना  हुन सक्छ । मलाई लाग्छ—हरेक व्यक्तिले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउनु पर्ने आवश्यकता बोध गर्दछ ।

यदि हामीलाई आफ्नो जीवनको उद्देश्य थाहा छैन भने, हामी महत्त्वपूर्ण चीज गुमाउन पुग्छौं । धेरै मानिसहरुले कठोर परिश्रम गरेर, परिवार र साथीहरुसित समय बिताएर,अझै जाँडरक्सी वा लागू पदार्थमा लागेर रित्तो भावना दवाउने कोसिस गर्दछन् । बेचैन भावना केही समय हट्न सक्ला, तर ढीलोछिटो त्यो भावना फर्कने छ ।

महान् रहस्य

हामी यहाँ किन अस्तित्वमा छौं भनी पत्ता लगाउने खोज महत्त्वपूर्ण हुन्छ । मैले रचनाकार बारे पत्ता लगाएका अद्भूत चीजहरु बारे तपाईंलाई अझै बढी बताउन चाहन्छु ।

जीवनका महत्त्वपूर्ण प्रश्नहरुको जवाफको खोजमा म तपाईंलाई लिएर जान चाहन्छु । म आशा गर्दछु— यो महत्त्वपूर्ण यात्रा हुनेछ । के तपाईं मसित सहभागी हुनुहुन्छ ?

blank

.