
अध्याय १ ~ तपाईंको जीवन महत्त्वपूर्ण हुनुको कारण
मैले तपाईंको निम्ति यो कथा लेख्न सुरु गरेको क्षण सुन्दर वसन्त रितुको समय हो । म ढकमक्क फुलेका फूलहरु र एक फूलदेखि अर्को फूल हुँदै उड्दै गरेका पुतलीहरुले घेरिएको हाम्रो बगैँचामा छु । तीमध्ये एउटा पुतली ठूलो, पहेंलो फूलमा बसेर रस चुस्दछ । म होसियार हुँदै पुतलीतर्फ बढ्छु र नजिक गएर नियालेर हेर्छु । सुन्दर आकार र रङविरङ देखेर म चकित हुन्छु । रस चुसिसकेपछि पुतली आफ्नो शरीरमा बाक्लो पराग लिएर उडेर जान्छ । उसको यात्रा अर्को फूलतिर निरन्तर चल्छ ।

पृथ्वीमा लगभग ४००,००० थरिका विभिन्न फूलहरु र बोटबिरुवाहरु छन् भन्ने कुरा के तपाईंलाई थाहा थियो? के कल्पना गर्न सक्नुहुन्छ ? जब फूलहरु बीचको विविधताले हेर्छु त्यस कुराले मलाई हर समय अचम्मित तुल्याउँदछ । हरेक फूलका सुन्दर रङहरु र अलग-अलग आकार हुन्छन् ।
यी सारा विभिन्नताहरुले मलाई अचम्म तुल्याएको कारण मैले प्रकृति बारे अध्ययन गर्न सुरु गरेको हुँ । ती विभिन्नताहरु उदेकलाग्दा छन्, तर बोटबिरुवा,पशुपंक्षी र मानव जीवनलाई जीवित तुल्याउने कुरो झन उदेकलाग्दो छ ।
हाम्रो शरीर एउटा ठूलो आश्चर्य हो ।
तपाईंले कहिल्यै आफै-गर भन्ने ठूलो झोला किन्नुभएको छ ? उदाहरणको निम्तिः पुस्तक-दराज । पुस्तक-दराजमा धेरै तखताहरु, पेचहरु, र निर्देशिका हुन्छन् । तपाईंको शरीर पनि झन्डै त्यस्तै-त्यस्तै हो । शरीरमा अरबौं कोशिकाहरु हुन्छन् र प्रत्येक कोशिकामा तपाईंको सिङ्गो शरीरको निर्देशिका रहेको हुन्छ । यस निर्देशिकालाई डि.एन.ए. अर्थात तपाईंको शरीरको रुपरेखा भनिन्छ । तपाईंको डि.एन.ए.ले तपाईं जस्तो बनिनु पर्ने हो त्यस्तै देखिने बनाउँछ ।
तपाईंको जीवन जुन पहिलो कोशिकाबाट सुरु भयो त्यसमा पनि यही पूर्ण रुपरेखा छँदैथियो । तपाईंको डि.एन.ए.ले तपाईंको शरीर अर्थात टाउको, हात, खुट्टा, तपाईंको आँखाको रङ र नाकको बनावट बनिने तरिका निर्धारण गर्दछ । तर डि.एन.ए.ले तपाईंका अङ्गहरु र हातखुट्टा एकसाथ चल्ने तरिका पनि निर्धारण गर्दछ । यो कुरा अचम्मलाग्दो छैन र ?

त्यसैले डि.एन.ए. तपाईंको शरीरको रुपरेखा हो । यो कम्यूटर सफ्टवेयरको कोडजस्तै पनि हो । तपाईंको कम्प्यूटर सही तरिकाले चल्नको निम्ति कम्प्यूटर कोड आवश्यक हुन्छ । यही कोडले कम्प्यूटरमा इन्टरनेट चलाउन वा अक्षर लेख्न सम्भव बनाउँदछ ।
यदि तपाईंले किताबमा मानव डि.एन.ए. लेख्नुभयो भने, तपाईंलाई १० लाखभन्दा बढी पृष्ठहरु आवश्यक पर्ने छ भनी शोधकर्ताहरुले पत्ता लगाएक छन् । यो भनेको पुस्तकका २,५०० ठूला-ठूला ठेलीहरु भन्दा पनि बढी हो । यसैले, यो कोड तपाईंको शरीरको प्रत्येक कोशमा सङ्ग्रहित भएको हुन्छ ।
के जीवन अकस्मात सुरु भएको हो ?
धेरै वैज्ञानिकहरु पृथ्वीमा जीवन अकस्मात सुरु भयो भन्ने कुरा विश्वास गर्दछन् । उनीहरु जीवन स–साना चरणहरु र रसायनिक प्रक्रियाहरुको श्रृङ्खलाद्वारा उत्पन्न भयो भन्ठान्छन्। तर धेरैभन्दा धेरै वैज्ञानिकहरुले डि.एन.ए. आकस्मिक रसायनिक प्रतिक्रियाहरुको श्रृङ्खलाबाट उत्पन्न हुन नसक्ने सारै जटिल तत्त्व रहेछ भन्ने कुरा महसुस गरेका छन् ।
फेरि, कम्प्यूटर सफ्टवेयर बारे विचार गरौं । सायद तपाईं कम्प्यूटर प्रोग्रामर हुनुहुन्न होला । त्यसैले हरेक मानव कोशमा डि.एन.ए.चाहिँ विन्डोज कम्प्यूटर सफ्टवेयरजस्तै जटिल छ भन्ने कुरा सायद तपाईंलाई थाहा थिएन होला । के तपाईंलाई संयोगको श्रृङ्खलाबाट विन्डोजजस्तो जटिल कम्प्यूटर सफ्टवेयर अस्तित्वमा आएको हो भन्ने लाग्छ ? यस प्रोग्राममा मानव डि.एन.ए. जतिकै बहुत धेरै निर्देशनहरु (कोड) रहेका हुन्छन् । विन्डोज वर्षौंवर्षसम्म लागिपरेका हजारौं कम्प्यूटर प्रोग्रामरहरुद्वारा बनाइको हो ।
डिजाइनविनाको कुनै कोड हुँदैन । कुनै पनि कम्प्यूटर सफ्टवेयर डिजाइनविना र डिजाइन बनाउन लागिपरेका प्रोग्रामरहरुविना अकस्मात अस्तित्वमा आएको होइन । यदि हाम्रो डि.एन.ए. कम्प्यूटर सफ्टवेयर जस्तै जटिल छ भने, के मानव जीवन अकस्मात अस्तित्वमा आउन सक्यो होला त ?

1) Human genome height (English)
2) National Geographic – How Many Cells in Your Body (English)
3) Lines of Code in Windows 10 , Souce code length (English)
.